सबैलाई मन्त्रीको रहर

सम्पादकीय
नेपालमागाण्तन्त्र आएपछि दिन प्रतिदिन बिकृती थपिदै गएको छ । नागरिकले राहत महशुस गर्नुको साटो नेताहरुले महशुस गरे पुग्छ भन्ने मानसिकताको विकास हुदै छ । संघियताको नाममा हरेकलाई मुख्य मन्त्री , मन्त्री बन्ने रहर जागेको छ । यसरी मन्त्री बन्ने रहर गणतन्त्रले कतिञ्जेल पुरा गर्ने हो रु हरेक दलका नेताहरु कसरी मन्त्री बन्न सकिन्छ भन्ने ध्याउन्नमा लागेको पाइन्छ । आर्थिक संकट छ तर खर्च कम गर्ने सवालमा गभिंर छैनन् । नेताहरु पदको सुविधा खाने अनी उपचार राज्यकोषबाट गर्ने गर्छन् । राष्टूपतिको उपचार खर्च राज्यले बेहोर्दै छ । राष्टूपति भएको एक महिना भएको छैन करोडौ रुपैया उपचार खर्च राज्यले बेहोर्नु परेको छ । राष्ट्रपतिको खर्च मात्र होइन उनका परिवारको खर्च समेत राज्यले बेहोर्नु परेको समाचार बाहिर आएका छन् । राज्यको कर दुरुपयोग भइरहेको छ । कर तिर्ने नागरिक उपचार गर्न सकिरहेका छैनन् । सातवटा प्रदेश सरकार छन् । भएभरका सुबिधाको व्यबस्था गरिएको छ । मन्त्री र तिनका पिए अनी प्रशासनिक खर्च करोडौ भइरहेको छ तर नागरिकले विकास पाएका छैनन् । जनताको सेवा गर्न जनप्रतिनिधी भएका हुन् कि मोज मस्ती गर्न रु जनताको कुरा गर्ने काम नितान्त आफ्नो गर्ने भएपछि गणतन्त्र के का लागि हो रु नागरिकको जनजीवन कष्टकर हुदै छ नेताहरु पालैपालो मुख्यमन्त्री र मन्त्री हुने होडवाजीमा छन् । जनतालाई सडक ल्याएर सडक अबरुद्ध गरेका राजनीतिक दलका नेताहरुले यो व्यतिथीमा कतिञ्जेल शासन गर्ने हुन् रुविकास खर्च नगर्ने अनी सुविधा खान भने हतार गर्नेहरुबाट अब देश चल्दैन । ५ बर्षका लागि निर्बाचित हौं भनेर काम गर्नुको साटो लामो समय कसरी सत्तामा बस्ने भनेर योजना बनाउँने काम हुन्छ । मन्त्री र सांसद मात्र बन्नका लागि राजनीति गरिने हो भने जनताले गणतन्त्रका बारेमा के बुझ्ने ? यसरी केही व्यक्तिको मन्त्री र सांसद बन्ने रहर मेटाउन जनताले सक्दैनन् । तसर्थ नागरिक सचेत भएर अहिले देखिएका बिकृती बिसंगतिमा बारेमा बोल्न जरुरी छ । नागरिकले देशका लागि खेल्नुपर्ने भूमिका नखेल्ने हो भने नेताहरुले देशलाई अघि बढाउन सक्ने अवस्था छैन ।