समाजसेवी ज्ञानबहादुर शाहुको निधन

टीकापुर, १९ जेठ/समाजसेवी ज्ञानबहादुर शाहुको निधन भएको छ । ७५ बर्षको उमेरमा बिहिवार निधन भएको हो । उपचारका लागि काठमाण्डौ लैजादैगर्दा शाहुको बाटैमा निधन भएको हो । स्वर्गिय शाहुको शुक्रवार टीकापुर ३ कटानपुरमा अन्तेष्टि गरिएको छ ।
अन्तेष्टि अघि स्वर्गिय शाहुको घरमा श्रद्धाञ्जली कार्यक्रम भएको थियो । उक्त श्रद्धाञ्जली कार्यक्रममा समाजसेवी बरिष्ट पास्टर रामराज खरेलले शुरु प्राथना गर्नुभएको थियो भने अन्तिम प्राथना समाजसेवी एंब बरिष्ट पास्टर परशुराम महतौंले गर्नुभएको थियो ।
समाजसेवी भुवनेश्वर अधिकारी, सुन चाँदी व्यबसायी संघका अगुवा देबहादुर सुनार र स्वर्गिय शाहुका आफन्त शालिकराम शाहुले श्रद्धाञ्जली प्रकट गर्दै स्वर्गिय शाहुको योगदानको बारेमा चर्चा गनृुभएको थियो । कार्यक्रममा स्वर्गिय शाहुका जेठा छोरा खडक शाहुले बुवाले गरेको संघर्ष र समाजमा गरेको योगदान अनी परिवारमा देखाएको व्यबहारका बारेमा बताउनु भएको थियो ।
जीवन आचार्यले प्रार्थना गर्नुभएको थियो भने जोसेफ श्रेष्ठले श्रद्धाञ्जली दिन आउनु भएका सबैलाई  धन्यवाद  दिनुभएको थियो । सञ्चालन पास्टर मंगल चौधरीले गर्नृुभएको थियो ।
स्वर्गिय शाहुका श्रीमती ,४  छोरा र २ छोरी हुनुहुन्छ । २००६ सालमा सल्यान जन्मुन भएका स्वर्गिय शाहुले सानै उमेरमा बुबा आमा गुमाउनु भएको थियो । सानैबाट संघर्ष गर्नुभएका स्वर्गिय शाहु अनुशासित र कसैको चित्त नदुखाउने व्यक्तिको रुपमा पहिचान बनाएर जानुभएको छ । उहाँलाई श्रद्धाञ्जली दिन समाजसेवी , अफन्त र बिभिन्न स्थानमा पास्टर तथा बिश्वासी ठूलो संख्यामा आउनुभएको थियो ।