समुदायमा आधारित विपद् जोखिम न्यूनिकरण परियोजना शुरु

दुर्र्गा देवकोटा

टीकापुर, ९ असार/कैलाली को टीकापुर, भजनी नगरपालिका र जानकी गाउँपालिका मा समुदायमा आधारित विपद् जोखिम न्यूनिकरण परियोजना शुरु भएको छ ।
परियोजना वल्र्ड भिजन इन्टरनेशनल नेपालसँगको साझेदारी मा सामाजिक विकासका लागि सचेत समाज ९सिएसएसडी० कैलालीको साझेदारीमा सञ्चालन भएको हो ।
परियोजना टीकापुरका–३ वडा, जानकीका ३ वडा र भजनीका ३ वडामा सञ्चालन हुनेछ । टीकापुर नगरपालिकाको वडा नं। ७, ८ र ९ मा यो परियोजना सञ्चालन हुनेछ । त्यसैगरी भजनी नगरपालिकाको वडा नं। ३, ५ र ७, जानकी गाउँपालिकाको १, ४ र ९मा यो परियोजनाले काम गर्ने भएको छ । विपद् जोखिम न्यूनिकरणमा सघाउने उद्देश्यले सञ्चालन भएको परियोजनाले पहिलो १ वर्षमा विपद्का झट्का तथा तनावको सामना गर्न समुदायको वित्तिय क्षमता अभिवृद्धि गर्ने लक्ष्य लिएको छ ।


परियोजनाले स्थानीय विपद् जोखिम व्यवस्थापन समिति, खोज तथा उद्दार, प्राथमिक उपचार, पूर्व सूचना कार्यदल, कृषि समूह, समुदायमा रहेका सकंटासन्नतामा रहेका घरधुरीलाई लाभ मिल्ने परियोजना संयोजक भरत विकले जानकारी दिनुभयो ।
परियोजनाले ३ पालिकाका ९ वडामा ३६ वटा सामुदायिक विपद् व्यवस्थापन समिति गठन गरेर काम गर्नेछ । परियोजनाले कृषक समूह, जलयापु कृषि पाठशाला सञ्चालन, बीउ बैंँक स्थापना जस्ता कार्यमा सघाउने बताइएको छ ।
परियोजनाले यस वर्ष टीकापुरमा ६५ लाख ७३ हजार खर्च गर्नेछ । वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले टीकापुर बाढीबाट कहिल्यै अछुतो नरहेको बताउँदै पालिकामा विपद्का क्षेत्रमा पालिका आफैँ र अन्य संघसंस्था समेत काम गरि रहेकाले कार्यक्रम नदोहोरिने खालका गतिविधि गर्न सुझाव दिनुभयो ।
वडाध्यक्ष यज्ञप्रसाद न्यौपानेले संघसंस्थाको सहयोगमा जोखिम समुदायमा बनेका सेल्टर उपयोगी भएकाले आगामी दिनमा समेत सेल्टर बनाउने, नूना बस्ती विकास मा जोड दिन आवश्यक रहेको बताउनुभयो । उहाँले तल्लो क्षेत्रका वडा कर्णाली मात्र नभइ मोहना र पथरैया नदीबाट बढी प्रभावित हुने भएकाले त्यसतर्फ समेत ध्यान दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नगर प्रमुख रामलाल डगौरा थारुले आउँदा दिनमा संघसंस्थाले समेत तालिम चलाएर मात्र नहुने बताउँदै देखिने खालको काम गर्न सल्लाह दिनुभयो । उहाँले बस्ती सुरक्षा र जिविकोपार्जनका क्षेत्रमा काम गर्न सुझाव दिनुभयो ।
कार्यक्रममा वल्र्ड भिजनका कृष्ण तिवारी, मंगल शाह लगायत ले थप जानकारी दिनु भएको थियो ।
कार्यक्रम निर्मला चौधरीले सञ्चालन गर्नुभएको थियो ।