सम्बाद समुहद्वारा नवनिर्बाचित जनप्रतिनीधिलाई स्वागत तथा सम्मान

टीकापुर, १२ जेठ\टीकापुर स्थित सम्बाद समुहले बुधवार एक कार्यक्रम गरेर नवनिर्बाचित जनप्रतिनीधिलाई स्वागत तथा सम्मान कार्यक्रम गरेको छ । सम्बाद समुहले टीकापुर नगरपालिकामा निर्बाचित जनप्रतिनीधि लाई स्वागत तथा सम्मान गरेको हो । उक्त कार्यक्रममा टीकापुर नगरका प्रमुख रामलाल डगांैरा थारुले सम्बाद समुहले खेल्दै आएको भूमिका प्रति सहना गर्दै द्वन्द्व व्यवस्थापन अझै शसक्त भूमिका खेल्न सmुभाव दिनुभयो । उहाँले टीकापुरमा देखिएको बस्तुगत समस्यालाई व्यबस्थापन गर्न आवश्यक भएको बताउनु भयो । ‘‘समग्र टीकापुर बनाउनका लागि पनि सम्बाद समुहले भूमिका खेल्नुपर्छ ,’’ नगर प्रमुख थारुले भन्नुभयो ,‘‘ समग्र टीकापुर हाम्रो हो , यसलाई व्यबस्थित गर्न सबैको भूमिका हुनु पर्छ ।’’

सोही कार्यक्रममा सम्बादको उदेश्यबारे प्रकाश पार्दै सम्बाद समुहका सदस्य भुनेश्वर अधिकारी ले सम्बाद समुह अनौपचारिक फोरम हो भन्नुभयो । ‘‘यो अनौपचारिक फोरम हो , कार्यक्रम गर्दा पनि अनौपचारिक नै हुन्छ तर द्वन्द व्यबस्थापनका सवालमा महत्वपूर्ब भूमिका निभाउँदै आएको छ,’’अधिकारीले भन्नुभयो , ‘‘समाजमा सम्बाद हिनको अवस्थालाई रोक्न समुहले भूमिका खेल्दै आएको छ ।’’ उहाँले स्थानीय तहमा
देखिएका बिभिन्न समस्याका बारेमा छलफल र सम्बाद मार्फत निकास निकाल्ने समुह भएकाले यसमा सबैको सकारात्मक सोच हुन जरुरीछ भन्नुभयो । कार्यक्रममा स्वागत जीत बहादुर चौधरीले गर्नुभएको थियो भने समापन दानबहादुर बिकले गर्नुभएको थियो । कार्यक्रम सञ्चालन सहजकर्ता छत्र मल्लले गर्नुभएको थियो ।
सम्बाद समुहले २०७२ को टीकापुर घटना पछि बिग्रेको सद्भाव कायम गर्न सम्बाद मार्फत भूमिका खेलेको थियो भने त्यसपछि बिभिन्न स्थानीय तहमा देखिएका समस्या हुन् या संघ संस्थामा देखिएका समस्याका बारेमा सम्बाद गराउने काम गर्दै आएको छ ।
त्यस्तै शान्ति सुरक्षाका सवालमा पनि जनप्रतिनीधि, राजनीतिक दलका नेता र सुरक्षाकर्मी बिच सम्बाद गराउने गरेको छ ।