सहकारीमा देखिएको व्यतिथी हटाउ

सम्पादकीय
टीकापुरका सहकारीमा देखिएका व्यतिथी हटाउन नगरपालिकाले पहल गर्न जरुरी छ । सहकारीको नीति नियमलाई कडाईका साथ पालना गर्नुपर्छ । पछिल्लो समय काठमाण्डौ लगायत अन्य सहरमा सञ्चालित सहकारीको रकम हिनामिना भएका समाचार आएका छन् । यसरी सहकारीका बारेमा समाचार बाहिर आएपछि नागरिकको सहकारी प्रति अबिश्वास बढ्न थालेको छ । सहकारीले उचाई लिँदासम्म राम्रो प्रदर्शन गर्ने र सफलता हासिल गरेपछि मनपरी लगानी गर्ने र केही सञ्चालकले हिनामिना गर्ने गरेका छन् । सहकारीलाई बलियो बनाउन जरुरी छ । सहकारी कमजोर भए भने निम्न मध्यम र मध्यम बर्गका नागरिकले सास्ती बेहोर्नुपर्छ । सहकारीका सदस्यहरुले आफ्ना लागी बचत गर्ने बानी बसाल्ने हो भने समस्या पर्दा ऋण लिनका लागि सहकारी सहयोगी हुन्छन् । पछिल्लो समय बैङ्कले एक दुई लाख रुपैया लगानी गर्न छाडेका छन् । यसरी सानो पँुजीको गर्ज टार्नका लागि सहकारी महत्वपूर्ण मानिन्छ । सहकारीलाई बद्नाम गर्नबाट बचाउनु हरेक नागरिकको कर्तव्य हो । नागरिकको आवश्यक्ताका बारेमा स्थानीय सरकार गम्भिर हुन जरुरी छ । टीकापुर नगरपालिकाले टीकापुरमा सञ्चालित सहकारीका बारेमा निगरानी गर्न जरुरी छ । पारदर्शी नभएका सहकारीलाई समयमै सचेत गराउने र सहकारीका सदस्यहरुलाई बचत सुरक्षाका बारेमा जिम्मेवार बनाउन जरुरी छ । सहकारीका पदाधिकारी जिम्मेवार हुन जरुरी छ । सहकारीका पदाधिकारीसंग नगरपालिकाले बेलाबखत छलफल गर्न जरुरी छ । सहकारीका बारेमा नगरपालिका पनि गभिंर हुन जरुरी छ । सहकारी डुबेपछि नगरपालिकाले बहाना गरेर यस्तो भयो उस्तो भयो भनेर टार्न पाउँदैन । तसर्थ सहकारीलाई बलियो बनाउने सवालमा हरेक नगरबासी सचेत हुन जरुरी छ । सहकारीमा बचत गर्ने बानी बसाल्न जरुरी छ । सानो बचत सहकारीमा जमा गरेपछि मात्र सानो ऋण लगानी गर्ने वातावरण बन्छ । यसमा सबैको ध्यान जान जरुरी छ ।