सहकारीहरुका लागी ऋण व्यावस्थापन सम्बन्धी ३ दिने तालिम टीकापुरमा सम्पन्न

पूर्ण बि.क.
टीकापुर,२४ साउनरसहकारीहरु का लागीऋण व्यावस्थापन सम्बन्धी ३ दिने तालिम टीकापुरमा सम्पन्न भएको छ । तालिममा टीकापुर नगरपालिका, भजनी नगरपालिका गौरीगंगा नगरपालिका , कैलारी गाउँपालिका र घोडाघोढी नगरपालिकाका गरी ५ वटा पालिका अन्तरगर्तका २७ वटा सहकारीका संचालकहरुको सहभागिताथियो ।
तालिम साउन २१,२२ र २३ गते गरी ३ दिन संचालन भएको
थियो । तालिममा सहभागिलाई ऋण लगानी, असुली र सहकारी मा हर हिसाव व्यावस्थापन सम्बन्धी सिकाइएको थियो ।
दिगो विकास समाज भजनीका अध्यक्ष राम बहादुर सुनारको अध्यक्षतमा भएको कार्यक्रममा टीकापुर नगरपालिका प्रमुख रामलाल डगौरा थारु प्रमुख अतिथ रहनु भएको थियो ।


समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथी थारुले सहकारी ग्रामिण क्षेत्रका नागरिकहरुलाई सहजता प्रदान गरेको बताउनु भयो । ग्रामिण क्षेत्रका नागरिक जसलाई सानो पुँजी चाहिएको हो । जसको जिवनस्तर ससाना पुँजी बाट माथी उठेको हुन्छ त्यस्ता नगरिकलाई सहकारीले सहजता प्रदान गरेकोबताउनु भयो ।
उहांले हिजोका दिनमा च्याउ उम्रिय झंै सहकारी स्थापना भएका र राम्रो व्यावस्थापनको अभाव का कारण कतिपय सहकारीहरु धरासयी हुँदै गएकाले तालिमले सहकारीको संचालन र विकासमा थप टेवा पुग्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै टीकापुर नगरपालिकाआर्थिक विकास शाखा प्रमुख नन्द केसीले सहकारीले गाउँघरमा रहेको गरिवी अन्त्य गर्दै गएको बताउनु भयो । गाउँघरको रकम संकलन गरी गाउँघमै रहेका न्यूनस्तरका जनताको आर्थिक अवस्था सुधार गर्ने निती लिएको हुंदासहकारीले सहकारीमा आवद्ध सदस्यहरुको जिवन स्तर उकास्ने कार्यक्रम ल्याउनु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रम समापन गर्दै दिगो विकास समाज भजनीका अध्यक्ष रामबहादुर सुनारले तालिममा सिकेका कुराहरु सहकारीको विकास मा लगाई सिर्जनशिल तरिकाले काम गर्न सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा प्रशिक्षक माधव प्रसाद जोशी,वल्ड भिजन नेपालका प्रतिनिधी दिपीका अधिकारी लगायतले बोल्नु भएको थियो । तालिम दिगो विकास समाज भजनीको २ लाख ५३ हजार आठ सय लागतमा सम्पन्न भएको हो ।