सहकारी शिक्षा कार्यक्रम सम्पन्न

गणेश क्षेत्री
टीकापुर, २४ चैत/किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड नारायणपुर शाखाले सहकारी शिक्षा कार्यक्रमको निरन्तरता दिंंंदै शुक्रबार ८० आंै केन्द्र टीकापुर ६ भगवानपुरमा ५ वटा केन्द्रका सदस्य तथा अभिभावकहरु लाइ समेटेर कार्यक्रम सम्पन्न गरेको छ ।
सहकारीले बनाऔं घरमा सानो करेसाबारी उत्पादन गरि खाउँ स्वच्छ तरकारी भन्ने अभियान सहित सदस्य हरुलाइ कृषि सम्बन्धि निसुल्क परामर्श सेवा सहित करेला , भिन्डि र बोडि को बिज बितरण गरेको छ ।
नारायणपुर शाखाको प्रमुख तथा प्रशिक्षक सुरजकला शाहिले सहकारी ले सदस्यको सूचना गोपनियता , सदस्य संग निस्पक्ष एब सम्मानजनक ब्यवहार, जिम्मेवार मुल्य निर्धारण, पारदर्शिता, अधिक कर्जाभारको रोकथाम, गुनासो निराकरण संयन्त्र ,उपयुुक्त सेवा निर्माण तथा बितरणको बारेमा जानकारी गराउँदै बर्तमान परिपेक्षमा भएका उथलपुथल बाट सजग र सचेत रहनुपर्ने बताउनु भएको थियो ।
सहकारी का लेखा सहायक केसर शाहले कार्यक्रममा संस्था को कर्जा तिर्दैन भन्नुका फाईदा तथा बेफाइदाहरुको बारेमा जानकारी गराउँदै कर्जा तिर्दैन भनेर बस्नाले तत्काल लाइ मात्रै आर्थिक लाभ हुने देखियपनि पछि सामाजिक मान, प्रतिस्ठामा कमि, समुदायको बिश्वासमा कमि , पुस्तौ पुस्ता सम्म नकारात्मक असर पर्ने र कालो सुचिमा पर्ने बारे बताउनुभएको थियो ।
सहकारीले सदस्य हरुको आर्थिक स्तर उन्नति होस भनेर ५ जना कृषि प्राबिधिक मार्फत निः शुल्क कृषि परामर्श तथा माटो परिक्षण सेवा प्रदान गर्दै आइरहेको छ । सदस्य को सिप बिकाशका लागि बिभिन्न किसिमका अन्य सिपमुलक तालिमहरुको आयोजना गर्दै आइरहेको छ भने उत्पादन भएको कृषि उपजलाइ किसान मार्ट मार्फत खरिद गरेर सहज बनाउन को लागि बौनिया, लम्कि र सुखड मा मार्ट सन्चालनमा ल्याएको छ ।


डिजिटल किसान कोष अन्त्रगत मोबाईल बैङ्किङ्ग एटिएम सेवा, मिस्कल बैङ्किङ्ग, ट्याबलेट बैङ्किङ्ग, क्यु आर मार्चेन्ट अन्य बैंक तथा ईसेवा बाट किसानमा डिपोजिट को ब्यवस्था गरेको छ ।
सहकारीले सामाजिक उत्तरदायीत्व अन्त्रगत कोरोनाको समयमा अक्सिजन बैंक ,निसुल्क आँखा जाँच शिबिर, निसुल्क चस्मा तथा औसधि बितरण, निसुल्क आँखाको शल्यक्रिया, निसुल्क स्वास्थ सिबिर लगायत का कार्यगर्दै आइरहेको छ ।
कार्यक्रमको सन्चालन सहकारीका कनिष्ठ सहायक गौरब प्रसाद धमालाले गर्नु भएको थियो ।