सहारा घरमा रहेका बेसहारालाई शुक्रबार खाना खुवाइयो

टीकापुर, ११ भाद्र/बौनियामा रहेको सहारा घरमा रहेका बेसहारालाई शुक्रबार खाना खुवाइएको छ ।
टीकापुर नगरपालिका वडा नं.१ ब्लक ‘बी’ मा घर भएका मोहन साउँदले खाना खुवाउनुभएको हो ।

उहाँले आफ्नो ज्येष्ठ सुपुत्र खड्क साउँदको १३ औं दिनको पुण्यतिथिमा खाना खुवाइएको बताउनुभयो । स्वर्गिय खड्क साउँद राष्ट्रिय खेलाडी पनि हुनुहुन्थ्यो ।

बिगत ६ बर्ष देखि मानसिक रोगी र कलेजोको बिरामी भएका खड्क साउँदको साउन ३० गते निधन भएको थियो ।