सांसद न्यौपानेद्वारा अनुुगमन

टीकापुर,१ पौष/नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा संसदीय सुनुुवाई समितिका सभापति इश्वरी देबी न्यौपानेले आइतवार कैलाली क्षेत्र नम्बर १ र ३ का बिभिन्न वडामा अनुुगमन गर्नुुभएको छ ।
न्यौपानेले हुलाकी सडक अन्र्तर्गत भजनी नगरपालिकाको भगतपुुरमा जंगलका कारण सडक निर्माण काम अबरुद्धबारे पनि चासो राख्नुुभएको थियो । यसै गरी सोही वडाको गुलरीया घाट को सीमानामा पक्की पुलको लागी आवश्यक स्थानको अनुुगमन गर्नुभयो । वडा नम्बर ७ का हिम्मतपुुरमा नदी कटान र हलौना घाटको अनुुगमन गर्नुभएको हो । न्यौपानेले भजनीकै वडा नम्बर ३ कुसुुम घाटमा पुल निर्माणका बारेमा पनि अनुुगमन गर्नुुभयो । भजनी ५ मा गणेशमान चौकमा गणेशमानको शालिक स्थापना गर्ने बारेमा स्थानीय कार्यकर्तासंग छलफल भएको वडासभापति रामजीवन चौधरीले बताउनुुभयो ।


अनुुगमनमा जिल्ला सदस्य गोकेद्र भण्डारी, पूूर्ब जिल्ला कोषाध्यक्ष सेवकराम चौधरी, महिला संघका जिल्ला कोषाध्यक्ष निर्मला कडायत, वडा सभापतिहरु हरिराम माडब, कृष्ण बुढा , तरुण दल क्षेत्र नम्बर ३ का सभापति नैनबहादुर चौधरी, तरुण दलका नगरसभापति गोपी कठायत र ससदीय समितिका सभापतिका स्वकिय सचिब लक्की शाह लगायत को उपस्थिती रहेको थियो अनुगमन पछि सभापति न्यौपानेले नागरिकका समस्या बुुझे,संघ र प्रदेश सरकार संग पहल गर्छु भन्नुु भयो ।
बाढी ग्रस्त क्षेत्र भएकाले सरकारले प्राथमिकतामा राखेर यो क्षेत्रको विकासमा लाग्नुपर्ने न्यौपानेले बताउनुुभयो ।