सांसद बिकास कोषको रकमको दुरुपयोग

गणेश क्षेत्री
टीकापुर, १८ भाद्र/भजनि नगरपालिका वडा नं.८ मा सांसद बिकास कोषको रकमको दुरुपयोग भएको छ । भजनि नगरपालिका वडा नं.८ मा खरिद नगरेको बेन्च डेस्क को बिल पास गरेर रकम निकासा गरेको रहस्य खुलेको
छ ।
भजनि नगरपालिका ८ को श्री कृष्ण ध्वज चन्द माबिमा प्रधानाध्यापक शंकर चौधरीले बिद्यालयको लेटर प्याडमा लेखेर निर्माण सम्पन्न भएको पत्र पठाए पछि आफूले ब्यवहारिक रुपमा सिफारिस गरेको वडा नं.८ का अध्यक्ष पंकज चौधरीले बताउनु भयो ।
ब्यवस्थापन समिति घाटामा गएको लागेर रकम निकासा गर्न सिफारिस गरिदिन वडालाइ पत्र लेखेको प्रधानाध्यापक शंकर चौधरीले बताउनु भयो ।
ब्यवस्थापन समितिका अध्यक्ष नै निर्माण समितिका अध्यक्ष भएका शिखर चन्द चौधरीले भने आफूहरुले १८ लाखमा निर्माण गर्ने भनेर मौखिक सहमति भए पनि पछि घाटा लागेकोले बिद्यालयले थप रकम दिनुपर्ने बताउनु भयो ।
सांसद बिकास कोष बाट आएको १८ लाखमा बिध्यालयले ५ लाख ७३ हजार थपेर निर्माण गर्नुपर्ने थियो । तर बिद्यालयले पैसा थप्न नसक्ने बताएपछि त्यहि १८ लाखमै निर्माण गर्ने सहमति भएको थियो । अब घाटा लाग्यो भनेर बिद्यालयले थप्न नहुने सदस्य जितबहादुर चौधरी ले बताउनु भयो ।
तर अभिभावकहरुको ब्यापक बिरोध पछि छानबिन समिति गठन भएको थियो । छानबिन समितिका अध्यक्ष रामकृष्ण चौधरीले किन्दै नकिनेको बेन्च डेस्कको बिल पास गरेर रकम निकासा गर्नुभनेको भ्रष्टाचार भएको बताउनुभयो । अब अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले छानबिन गर्नुपर्ने सदस्य सुरज साउदले बताउनुभयो ।


अर्काका सदस्य कृष्णा देबि चौधरीले पहिला १८ लाखमा नै भवन र बेन्च डेस्क निर्माण गर्ने सहमति गरेकोले निर्माण समिति को जिम्मा हो बिद्यालयले थप रकम निकासा कसरि गर्छ भनेर प्रस्न गर्नुभयो ।
अध्यक्ष शिखर चन्द चौधरीले आफुलाइ घाटा लागेकोले पुरानो बेन्च डेस्क बेन्चमा रंग रोगन लगाएर प्रधानाध्यापकको सहमति मा फोटो खिचेर इन्जिनियर लाई देखाएर रकम पास भएको बताउनुभयो ।
सामाजिक बिकाश कार्यालय का इन्जिनियर तेज कार्किले आफु दैनिक काम गर्ने हिसाब ले खटियकोले केहि भन्न नसक्ने बताउनुभयो ।
इन्जिनियर रमेश एरि ले सुरुमा निर्माण हुँदा र बिचमा पनि गएको तर सम्पन्न हुँदा नगएकोले सिफारिस र फोटोको आधारमा नै बिल पासगर्ने सहमति भएको बताउनुभयो ।
अभिभावकहरु शिक्षा जस्तो पबित्र स्थानमा समेत आर्थिक चलखेल भएको छ नकिनेकै सामान को बिल पेश गरेर रकम झ्वाम पार्नेहरु लाई अब अख्तियार ले फाइल खोलेर कानुनि कार्बाहि गर्नुपर्ने बताउँछन ।