सामाजिक विकास कार्यालयका योजनाको अनुगमन

टीकापुर, १९ अषाढ/सामाजिक विकास कार्यालय कैलालीले कार्यालय मार्फत भएका योजनाहरु को अनुगमन गरेको छ ।
कार्यालय प्रमुख कुलराज सोतीको नेतृत्वमा प्राविधिकहरु र पत्रकारहरुको टोलीले अनुगमन गरेको हो । कार्यालय मार्फत चालू आर्थिक वर्षमा २२ करोड ७० लाख २१३ योजना कार्यान्वयनमा छन् ।


शनिबारको अनुगमनले टीकापुरका विद्यालय, वादी बस्तीमा अनुदानमा सञ्चालित बँगुरपालन र बाख्रापालन कार्यक्रमको अनुगमन गरिएको छ । त्यहाँ २० जना महिलालाई दुईदुईवटा बंगुरका पाठा र १० जना महिलालाई बाख्रा खरिदका लागि २० हजारका दरले अनुदान उपलब्ध गराएको सामाजिक विकास कार्यालयका प्रमुख कुलराज सोतीले जानकारी गराउनुभयो । भौतिक पूर्वाधारका कामहरु केही अधुरा रहेका र पूरा नभए क्रमागतमा जाने बताउनुभयो ।