सिटी बसपार्क बेवारिसे

सम्पादकीय
टीकापुरको सिटी बसपार्कमा यात्रुलाई सहज होला भनेर नगरका जनप्रतिनीधिले सिटी बसपार्कमा बस लैजानुपर्ने अनिबार्य नियम बनाएपनि अहिले सिटी बसपार्कको अवस्था हेर्दा दयालाग्दो छ । सिटी बसपार्कलाई सञ्चालन गर्न बस पठाउन बाध्य बनाएर मात्र हुँदैन भन्ने कुरा जनप्रतिनीधिले बुझेको पाइदैन । एक दिन पानी पर्ने हो भने हिलाम्मे हुने गरेको छ । बर्षादको समयमा सिटी बसपार्कमा उभिने ठाउँ हुने छैन । यसतो अवस्थामा नामको मात्र सिटी बसपार्क भनेर टीकापुरबासी कतिञ्जेलन रमाउने रु नेपालीहरुको संंस्कार काम भन्दा देखावटी बढी हुने गरेको छ । आम नागरिकका बिषयमा राजनीतिक दलका नेता तथा जनप्रतिनीधिहरु गभिंर नहुँदा विकासका सवालमा देखावटी काम गर्नुपर्ने बाध्यता भएको छ । जनताको वास्तविक आवश्यक्ता पहिचान गर्नुको साटो मनपरी बजेट रकम खर्च गर्ने परम्पराको विकास भइरहेको छ । नागरिकका आवश्यक्ता पहिचान गर्ने र प्राथमिकता तोक्ने बारेमा सबै एक भएर लाग्नुपर्ने भएपनि पहुँचका आधारमा विकास बाड्दा आपसमा द्वन्द बढ्दै गएको छ । टीकापुर नगरपालिकामा अहिलेका जनप्रतिनीधि आएपछि टीकापुरको सिटी बसपार्क नियमित सञ्चालन भयो । सिटी बसपार्क नियमित सञ्चालन भएपछि नागरिक खुसी भएका थिए । सिटी बसपार्क सञ्चालन गर्दा स्यावासी पाएका जनप्रतिनीधिले सिटी बसपार्कको अवस्था बुझ्ने मौका नपाएर हो या जनप्रतिनीधि बसपार्कमा जानुपर्ने अवस्था नभएका कारणले हो सिटी बसपार्कको बिजोगका बारेमा थाहा पाएका छैनन् । तसर्थ टीकापुर नगरपालिकाका जनप्रतिनीधिले समयै बिचार गर्न जरुरी छ । बर्षादको समयमा सिटी बसपार्कमा जान सकिदैन भन्ने कुरा समयमै बुझ्न जरुरी छ ।