टीकापुर, २ असार/सुदुरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि २९ अर्ब २६ करोडको बजेट ल्याएको छ । प्रदेश सभाको शुक्रबार बसेको बैठकमा सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्रि नरेश कुमार शाहीले आगामी आर्थिक वर्षका लागि बनाएको २९ अर्ब, २६ करोड, ५९ लाख ३२ हजार बराबरको बजेट प्रस्तुत गर्नु भएको छ ।
सार्वजनिक गरिएको बजेटका श्रोतहरु प्रदेशको आन्तरिक आय, नेपाल सरकारको राजश्व बाँडफाँड, संघिय रोयल्टि, वित्तिय समानीकरण अनुदान र चालु आर्थिक वर्षको विनियोजित बजेटबाट बचत हुने रकम रहेको मन्त्री शाहीले बताउनु भयो ।
प्रदेश सरकारले कृषी, पर्यटन, शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना र गरिबी निवारणलाई पहिलो प्राथमितामा राखि बजेट विनियोजन गरेको बताएको छ ।
डडेल्धुरा रामारोसनलाई महाभारत संरक्षण क्षेत्र घोषणा गरिने, अत्तरियामा रुख नभएको जंगलमा चिडियाखाना बनाइने । बजेटमा सुदूरपश्चिममा खेलकूद को विकासका लागि विद्यालय देखि ओलम्पिकसम्म खेलका लागि बजेटको व्यवस्था गरिएको छ । यातायातका लागि १२ अर्ब ६८ करोड, शहरी विकासका लागि ३३ करोड, खानेपानीका लागि १ अर्ब ७७ करोड, सडक पूर्वाधारका लागि ५ अर्ब ३८ करोड, सिचाई नदी नियन्त्रणका लागि २ अर्ब ८७ करोड बजेट व्यवस्था गरिएको छ ।
वन वातावरणका लागि १ अब ८१ करोड, उद्योग वाणिज्य प्रशासनलाई विद्युतीय प्रणालीमा लैजान बजेटको व्यवस्था गरिए को छ ।
बैदेशिक रोजगारबाट फर्केका २ सय जनालाई नवप्रर्तनका लागि एक करोड बजेटको व्यवस्था, मुख्यमन्त्री एकीकृत उद्योग पर्यटन विकास कार्यक्रम सञ्चालनका लागि बजेटको व्यवस्था गरिएको छ ।
डडेल्धुरा रामारोसनलाई महाभारत संरक्षण क्षेत्र घोषणा गर्न बजेट व्यवस्था गरेको छ ।
अत्तरियामा रुख नभएको जंगलमा चिडियाखाना बनाउने, बन्यजन्तु उद्धार केन्द्र खोल्ने, कृषि तथा पशुपन्क्षी कृषिमा आत्मनिर्भर सुदूरपश्चिम बनाउन बजेट व्यवस्था गरिएको छ ।
व्यवसायिक कृषकलाई शून्य ब्याजदरमा ऋण दिन ४ करोड बजेट व्यवस्था गरिएको छ ।
प्रदेशमा आगामी वर्ष अत्यावश्यक बाहेक कुनै सवारी साधन खरिद गरिने छैन । प्रत्येक निर्वाचन क्षेत्रका लागि ३ करोड, प्रदेश सभाका लागि १८ करोड ८१ लाख, शिक्षामा ५ अर्ब २९ करोड, स्वास्थ्य क्षेत्रका लागि ३ अर्ब १४ करोड ७२ लाख बजेट व्यवस्था गरिएको छ ।
टीकापुर अस्पतालमा डाइलाइसिस सेवा सञ्चालनका लागि बजेटको व्यवस्था गरिनुका साथै टीकापुर अस्पतालको स्तरउन्नती गरिने भएको छ । स्वास्थ्य बिमा थप प्रभावकारी बनाइने, लम्की चुहा अस्पताललाई प्रदेशस्तरीय अस्पताल बनाइने र निर्माण गर्न बजेटको व्यवस्था गरिएको छ ।
हिंसा पीडितको राहत, उद्दारका लागि सबै जिल्लामा आपतकालिन सेवा केन्द्र सञ्चालन निरन्तरता, लम्कीचुहामा दीर्घकालीन पुनस्थापना केन्द्र निर्माण गर्न बजेटको व्यवस्था गरिएको छ ।
महिलाको प्रजनन स्वास्थ्यका लागि निदान तथा उपचार गर्न बजेटको व्यवस्था गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला मन्त्री शाहीले पथरैया, मोहना जस्ता सिँचाइ प्रणालीका लागि ३० करोड बजेट विनियोजन, बाढी तथा पहिरो प्रभावितको संरक्षण गर्न बजेटको व्यवस्था गर्नुभएको छ ।
मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमका लागि १ करोड ५० लाख बजेट विनियोजन, सामुदायिक क्याम्पसलाई कार्यसम्पादनका आधारमा अनुदानको व्यवस्था गरिएको छ । बालबालिकाको स्वास्थ्य तथा पोषण सुधारका लागि दिवा खाजा कार्यक्रमका लागि ८ करोड बजेट व्यवस्था गरिएको छ ।
बादी उत्थान छात्रबृत्ति निरन्तरता, शैक्षिक छात्रबृत्तिका लागि ४ करोड बजेटको व्यवस्था गरिएको छ ।