टीकापुर, ११ चैत/सुदूरपश्चिम विश्व विद्यालय कृषि विज्ञान संकायका विद्यार्थीहरुले शुक्रबार जेब्रा क्रसिङ निर्माण गरेका छन् ।
टीकापुर बहुमुखी क्याम्पस अगाडी रहेको सडकमा शुक्रबार विद्यार्थीहरुले उक्त जेब्रा क्रसिङ निर्माण गरेका हुन ।
ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख, प्रहरी नायव उपरिक्षक उद्धवसिंह भाटको प्रमुख आतिथ्यता मा भएको कार्यक्रममा ट्राफिक प्रहरी प्रमुख शोभान सिंह कार्की विशिष्ट अतिथि रहनुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि भाटले विद्यार्थीहरुले गरेको यो कार्य राम्रो भएको र यस्ता कार्यक्रमहरुले समाजमा राम्रो सन्देश जाने भन्दै ट्राफिक व्यवस्थापनमा पनि सहयोग पुग्ने बताउनुभयो ।
डिएसपी भाटले अहिले देशमा औसतमा दैनिक दुर्घटनामा परेर ६ जनाको ज्यान गइरहेको बताउँदैैै सवारी साधन चलाउँदा ट्राफिक नियमको पालना गरेर चलाउनुपर्ने बताउनुभयो । साथै उहाँले यो जेब्रा क्रसिङले सवारी दुर्घटनामा कमि ल्याउने पनि बताउनुभयो ।
कृषि विज्ञान संकायका विद्यार्थी दिलिप पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थी तप्त जैशीले स्वागत गर्नु भएको थियो भने कार्यक्रमको संचालन विद्यार्थी विधान हमालले गर्नुभएकोे थियो ।
कार्यक्रममा विद्यार्थी, समाजसेवी, सञ्चारकर्मी, सुरक्षाकर्मीको उपस्थिति रहेको थियो ।