सुन व्यबसायीको मुद्धामा सबै एक होऔं

सम्पादकीय
सरकारले जसरी पनि जनताको खल्ती झार्ने सोच पालेको छ । नागरिकलाई एकोहोरो मार पार्ने गरी कर लगाउने प्रचलनले आम नागरिक आक्रोशित हुन थालेका छन् । अधिकार प्राप्त व्यक्ति हौं भन्दैमा जथाभावी कर ठोक्ने नीति गलत छ । यतिखेर सुनचाँदी व्यबसायी सडक आन्दोलनमा छन् । उनीहरु व्यबसाय बन्द गरेर सडक आन्दोलनमा उत्रन बाध्य भएका छन् । सरकारले लगाएको करले व्यबसायीलाई समस्या त होला तर आम उपभोक्ता पनि मारमा पर्ने निश्चित हो । सरकारले २ प्रतिशत बिलाशिता कर लगाएको छ भने बहुमुल्य पथ्थर र हिरामा १३ प्रतिशत भ्याट लगाएको छ । नागरिकले कहीबाट सुबिधा नपाउने नीति कै कारण नागरिकले गणतन्त्रप्रति बितृष्णा पोख्न थालेका छन् । यो समस्या सुनचाँदी व्यबसायीको मात्र होइन , उपभोक्ता को पनि हो । उपभोक्ताले पनि व्यबसायीको आन्दोलनलाई सहयोग गर्न जरुरी छ । उपभोक्ताले कर मात्र तिर्ने हो । सुन चाँदी हाम्रो संस्कारमा आवश्यक पर्ने कुरा हो । सरकारले ग्रेलिष्टबाट बच्न कर लगाएको दाबी गर्दै आएको छ । सम्पत्ति शुद्धिकरण देखि भ्रष्टाचारका बिषयमा सरकारले काम गर्न नसक्ने अनी सुनमा कर थोपर्ने नीति गलत हो । ग्रेलिष्टबाट बाहिर आउन सुनमा लगाइएको करले पुग्छ भने भन्नु केही छैन, हैन भने जनता लुट्ने काम बन्द गर्नुपर्छ । जसले आर्थिक आर्जन गर्छ कर उसैले तिर्ने हो , यो समान्य नियम हो । कमाउने को आधार पनि प्रष्ट छैन नेपालमा । ठूला व्यापारीले कर छल्ने गरेका छन् त्यो पनि सत्तामा बस्दै आएका नेताहरुको आडमा । नेताहरुले ठूलालाई कर छल्नमा सहयोग गर्ने अनी जथाभावी कर लगाएर जनता लाई ठग्ने काम बन्द गर्नपर्छ । व्यबसाय बन्द गरेर सडकमा उत्रनुको पीडा त होला नी । बिगतमा १० लाख भन्दा माथि सुन किन्दा २ प्रतिशत कर लाग्थ्यो अहिले हरेक पटक कर लगाउने हो भने जनता कति मारमा पर्छन् भन्ने बारेमा सबैले सोच्न जरुरी छ । उपभोक्ता सडकमा आउनुपर्छ । सत्तामा गएका बेला जे गरेपनि हुन्छ भन्ने गलत मानसिकताले काम गर्दै आएको छ । तसर्थ जनता सचेत भएर सडकमा आउन जरुरी छ ।