टीकापर, १३ चैत्र/टीकापुर अस्पतालले मंगलबार अध्यक्ष झपट बहादुर सोडारीलाइ बिदाई गरेको छ । अस्पतालले उहाँको ३ वर्षे कार्यकाल सकिएको हुँदा बिदाई गरेको हो ।
बिदाई कार्यक्रममा अध्यक्ष झपट बहादुर सोडारीले टीकापुर अस्पतालमा विगतभन्दा अहिले नयाँ विषेशज्ञहरु सहित सेवा विस्तार भएको र सर्वसाधारणहरु ले सर्व सुलभरुपमा विभिन्न विषेशज्ञहरु सहितको स्वास्थ्य सेवा पाउने गरेको र अस्पतालले राम्रो सेवा दिइरहेको बताउनु भयो ।

हाल टीकापुर अस्पतालमा २ सय १८ जना जनशक्तिबाट गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको र अस्पतालमा अहिले भेन्टिलेटर सहित HDU, ICU, SNCU, डाइलासिस, हिष्टो प्याथोलोजी, रेडियोलोजि सेवा प्रदान भइरहेको र सर्पदश उपचार लगायतका सेवा संचालनमा रहेको बताउनुभयो ।
सोडारीले भन्नुभयो छिट्टै नै सिटि स्क्यानको सेवा पनि प्रदान गर्ने र सिटि स्याकन मेसिन खरिदका लागि सम्पूर्ण प्रक्रिया भईसकेको बताउनुभयो ।
टीकापुर अस्पतालको आम्दानी पहिलेको भन्दा दोब्बर भन्दा बढि रहेको छ । टीकापुर अस्पतालले हाल ८३ शैंयाबाट सेवा प्रवाह गर्दै आइरहेको छ ।

उहाँले अब आउने नेतृत्वलाई सुझाव पनि दिनुभएको छ । प्रदेश सरकारबाट ONM सर्वे गरी कर्मचारीको व्यवस्थापन गरी १०० शैंया सहितको अस्पतालको उन्नति गरी प्रादेशिक अस्पतालको रुपमा सेवा प्रभाव गर्नुपर्ने, अस्पतालमा रहेको जग्गा संरक्षण गर्न सुरु गरिएको घेरा पर्खाल निर्माण अधुरो रहेकोले त्यसलाई पुरा गर्नुपर्ने, हाल रहेका भौतिक संरचनाहरु प्रोटोकल अनुसार नभएकाले सेवा प्रवाहमा अबरोध हुने भएकाले त्यसलाई सहज बनाउन जथाभावी निर्माण कार्य नगरी एकिकृत बहुउपयोगि भवनहरु निर्माण गर्नुपर्ने,MRI मेसिनको व्यवस्थापन गर्नुपर्ने र हाल भएको सेवालाई टीकापुर अस्पतालमा डेलिकेटेड नभएका सेवाहरु विस्तार गरी सेवा प्रदान गर्दा अझैं राम्रो हुने सुझाव दिनुभएको छ ।
सोडारीले आफ्नो कार्यकालमा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिनुभएको छ ।
उहाँलाई २०७८ साल चैत्र ३ गते प्रदेश मन्त्रिपरिषदको निर्णय अनुसार सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले २०७८ साल चैत्र ८ गतेदखि टीकापुर अस्पतालमा कामकाज गर्ने गरि नियुक्त गरेको थियो ।