स्टार तेक्वान्दो एकेडेमी टीकापुरद्वारा दुईजना खेलाडी सम्मानित

 टीकापुर, ३ माघ/नेपाल आईटीएफ तेक्वान्दो महासंघ अन्तरगत टीकापुर नगरपालिका वडा नं। १ मा संचालित स्टार तेक्वान्दो एकेडेमीले दुई जना उत्कृष्ट अनुशासित खेलाडीलाई अवार्ड सहित पौष ३० गते सम्मानित गरेको छ । 

सम्मानित हुने खेलाडीमा छात्र तर्फ पुष्कर कुँवर र छात्रा तर्फ प्रशंसा साहु रहेका छन् । 

तेक्वान्दोको अल ईन्डिया हेड कोचको काम गरिसकेका प्रकाश जैगडिले प्रशिक्षण गराउँदै आउनु भएको उक्त एकेडेमीमा अहिले थुप्रैले प्रशिक्षण लिइरहेका छन् । करिब २ दर्जन देशबाट मेडल प्राप्त जैगडीले करिब १ वर्ष भन्दा अगाडिदेखि नेपालमा पनि आफ्नो शाखालाई बिस्तार गरि प्रशिक्षण गराउँदै आइरहेको उहाँले बताउनु भएको छ । 

जैगडीले आफनो देशलाई पनि अन्तरास्टिय स्तरमा चिनाउन, र नयाँ पुस्तालाई लागुऔषध बलात्कार,चोरी लगायत सामाजिक बिकृतिबाट युवा÷ बालबालीकाहरु नलागुन र स्वस्थ भंै आफ्नो देशलाई अन्तराष्ट्रिय स्तरमा तेक्वान्दो मार्फत चिनाउने उद्देश्यले आफू लागि रहेको बताउनुभयो