स्थानीय उत्पादनमा ध्यान देउ

सम्पादकीय
स्थानीय तहले आफ्नो क्षेत्रमा उत्पादन बढाउने योजना ल्याउन जरुरी छ । उत्पादन बढाउने योजना ल्याउने हो भने रोजगारका अवसर खुल्छन् । उत्पादन बढाउने सवालमा जुन कुरा प्रभावकारी हुन्छ त्यसैलाई बढावा दिने योजना ल्याउन जरुरी छ । सामान्यतया कृषि क्षेत्रमा आत्म निर्भर हुने गरी कार्यक्रम ल्याउन जरुरी छ । कृषि क्षेत्रमा मात्र आत्म निर्भर हुने हो भने मुलुक धेरै हदसम्म बलियो हुन्छ । कृषि उत्पादन बढाउन सरकारले बजारको व्यबस्था गर्न जरुरी छ । बजारको व्यबस्था गर्नका लागि कृषि उत्पादन बिभिन्न देशमा पठाउन सकिने वातावरण बनाउने काम सरकारको हो । सरकारले स्थानीय उत्पादनका लागि चाहिने बजार खोज्न जरुरी       छ । किसानले उत्पादनको गरेको हरेक कुरा सहज रुपमा बिक्रि होस् भन्ने गरी नीति बनाउन जरुरी छ । केही बर्ष पहिले सल्यानमा उत्पादन भएको अदुवाले बजार पाएन भन्ने समाचार आयो तर यस बर्ष मनग्य आम्दानी मात्र भएन अभाव भयो भन्ने समाचार आएको छ । यसरी कृषि उत्पादनमा लाग्ने हो भने किसानले काम गरेर खाने वातावरण बन्दैन । किसानले उत्पादन गरेपनि बजारका लागि समस्या हुने गरेको गुनासो छ । अर्काे तर्फ हामीलाई चाहिने आधारभूत आवश्यक्ताका कुराहरु पनि स्थानीय तहमा उत्पादन गर्न सक्छौ । साना उद्योग मार्फत उत्पादनमा लाग्ने हो भने पनि सहज हुन्छ । सामान्यतया चप्पल , जुत्ता र सावुन जस्ता बस्तु उत्पादन गर्न धेरै लागत खर्च लाग्दैन । यस्तै अन्य स(साना उद्योग खोल्ने वातावरण स्थानीय सरकारले बनाउनुपर्छ । तसर्थ स्थानीय तहका जनप्रतिनीधिहरु सचेत हुन जरुरी छ । विकासका सवालमा जनप्रतिनीधि गम्भिर हुन जरुरी छ ।