सम्पादकीय
२०७४ सालमा निर्बाचित स्थानीय जनप्रतिनीधिहरु पहिलो पटक भएका कारण केही अलमलमा परे भने केहीले अलमकै क्रममा मनग्य कमाउन तर्फ लागे । बिभिन्न कानून निर्माण गर्दा पहिलो पटकका जनप्रतिनीधिलाई समय लाग्यो । ज्ञानको कमिका कारण कतिपय स्थानीय तहमा कानून बन्न सकेका छैन । पहिलो पटक भएका कारण आम नागरिकले बुझ्न भेउ पाएनन् । जनप्रतिनीधिले ५ बर्ष कटाए तर यो ५ बर्षमा जनप्रतिनीधिको व्यापक आलोचना भयो । ५ बर्षमा केही भएन भनेर आलोचना भइरहेका बेला २०७९ मा स्थानीय तहमा निर्बाचन भयो र अहिले तिनै जनप्रतिनीधिले काम गइरहेका छन् । अघिल्लो पटक भन्दा म फरक गर्छु भनेर केही समय जोस जाँगर देखाए । क्रान्तिकारी कुरा पनि ल्याए तर ८ महिना बित्दा अहिलेका जनप्रतिनीधिबाट धेरै आशा गर्ने अवस्था छैन । टीकापुर अस्पतालमा दिइने सेवाका बारेमा अहिलेका जनप्रतिनीधि गम्भिर छैन । टीकापुर अस्पताल मा कैलालीका आधा जनताले सेवा लिन्छन् तर यसरी सेवा लिने स्वास्थ्य संस्थालाई कसरी बलियो र भरपर्दाे बनाउँने भन्ने बारेमा छलफल र बहस गरेको पाइदैन । कतिपयले त आफ्नै स्थानीय तहमा अस्पताल सञ्चालन गर्ने लोकपृया भाषण गरे तर अस्पताल सञ्चालन त्यति सजिलो बिषय होइन । टीकापुर अस्पतालमा अहिले बिभिन्न बिशषेज्ञ सेवा पाइन्छ । यसरी दिइरहेका सेवालाई अझ प्रभावकारी बनाउँने सवालमा टीकापुर आसपासका स्थानीय जनप्रतिनीधि गम्भिर हुनुपर्ने हो । अस्पतालमा चिकित्सक भएर मात्र पनि हुँदैन त्यसका लागि पूर्बाधार र औजारको पनि व्यबस्था हुनुपर्छ । एउटा अस्पताल सञ्चाल गर्न अर्बाै लाग्छ तर स्थानीय जनप्रतिनीधि टीकापुर अस्पतालमा आफ्ना नातेदार भेट्न आउछन् त्यतिबेला गफ दिन्छन् तर काम भने सिन्को भाच्दैनन् । तसर्थ स्थानीय जनता नै अघि आउनुपर्ने अवस्था छ । जनताले टीकापुर अस्पताल लाई बलियो बनाउँन दबाब सृजना गर्न जरुरी छ । जनप्रतिनीधिहरु कमिसन र भत्तामा डुबेका छन् भने मान्छे जमा भएका बेला भाषण गर्ने काममा । यस्ता जनप्रतिनीधिहरुले नागरिकको स्वास्थ्यमा ध्यान दिने कुरै भएन । जनता सचेत हुन जरुरी छ ।