स्थानीय तहका भ्रष्टाचारी लाई बहिष्कार गरौं

सम्पादकीय

भुटानी सरणार्थी प्रकरणले नागरिकलाई जागरुक बनाएको छ । स्थानीय तहमा हुने भ्रष्टाचारका बिरुद्ध नबोल्ने प्रचलनले स्थानीय सरकारका जनप्रतिनीधिले मनपरी गर्न थालेका छन् । जनप्रतिनीधि मात्र होइन स्थानीय संघ संस्थामा समेत मनपरी गर्ने प्रचलन बढ्दै गएको छ । काम केही नगर्ने र संघ संस्थामा गएर आर्थिक लाभ लिने सोचले संस्थाहरु डुब्न थालेका छन् । पारदर्शीताको अभावले स्थानीय संघ संस्था अघि बढ्न सकेको पाइदैन । हरेक व्यक्ति राजा बन्ने होडबाजी छ । एकले अर्कालाई टेर्ने अवस्था छैन । एक अर्काको अस्तित्व नस्विार्ने बानीले आपसमा द्वन्द बढ्दै गएको छ । शहरमा यतिखेर ठूला पार्टीका भ्रष्ट नेताहरुलाई बहिस्कार गर्न थालेका छन् । बहिस्कार गरेकै कारण भ्रष्टाचार बिरुद्धको आन्दोलनमा नेताहरु सहभागि हुन सकेका छैनन् । ठूला पार्टीका नेताहरुले भ्रष्टाचारका बिरुद्ध बोल्दैनन् । भ्रष्टहरुको छाँयासंग डराएर राजनीति गर्नेहरुले जनताको सवालमा भन्दा पनि आफ्नो स्वार्थमा लागेको प्रष्ट हुन्छ । जनजीवनका सवालमा प्रश्न गर्ने हैसियत बनाउन नसक्नेहरुले समाजको काम गर्छन् भनेर कसरी पत्याउने ? अहिले हरेक पार्टीमा माथि देखि तलसम्म भ्रष्टहरुको सञ्जाल बिस्तार भएको छ । भ्रष्टहरुको एक मुख छ । अवसर बाड्दा त्याग, क्षमता र निस्कलंकका बारेमा छलफल गरेको पाइदैन । अवसर बाड्दा पारदर्शी तरिकाले बाडेको भए पार्टीमा समस्या आउने थिएन। सांसद पद बिक्री गर्ने संस्कारको विकास भएको छ । नेताहरु चरम भ्रष्ट भए । नेताहरुले श्रीमती र छोरा छोरीलाई प्रयोग गरेर धन आर्जन गर्न थालेका छन् । यसरी धन कमाउनेहरुले देश र जनताको बारेमा सोच्ने कुरै भएन । तसर्थ जनता सचेत हुन जरुरी छ । भ्रष्टहरुलाई बहिस्कार गर्न जरुरी छ । भ्रष्टाचारीलाई सामाजिक बहिस्कार नगर्ने हो भने भ्रष्टहरुको मनोबल बढ्दै जान्छ । जनता सचेत हुन जरुरी छ ।