स्थानीय निकायका जनप्रतिनीधि गम्भिर हुन जरुरी

सम्पदाकीय
स्थानीय निकायमा आउनु भन्दा पहिला र निर्बाचित भएको केही दिनसम्म अहिलेका जनप्रतिनीधिको हाउभाउ एकखालको थियो । दिन बित्दै जाँदा हाउभाउ बदलिन थालेको छ । कतिपयले जोशमा मनपरी बोले कतिपयले बोलेरै खाने हो भनेर मनपरी बोले । केही जनप्रतिनीधि मात्र सुझबुझ तरिकाले हिँड्दा उनीहरुलाई सहज भएको छ । कतिपयले शुरुवात देखि एउटै लय देखाएका छन् । यहिालत कैलाली क्षेत्र नम्बर १ का जनप्रतिनीधिमा पनि प्रष्ट देखियो । कहिले कर्मचारी हटाउँछु भन्छन् कहिले पुरानो कार्यशैली चल्दैन भन्दै जनतामाझ बोल्छन् । कैलाली क्षेत्र नम्बर १ अन्र्तगत रहेका स्थानीय तहका जनप्रतिनिधि रनभुल्लमा परेका छन् । निर्वाचित भएपछि आपूmले बोलेका कुरा ८ महिना नपुग्दै बिर्सिएको अवस्था छ । प्राथमिकता के हुन् भन्ने नै थाहा भएन । ८ महिनामै आलोचना हुन थालेको छ । नागरिकले अघिल्लो पटकका जनप्रतिनिधि प्रति तिब्र आक्रोस प्रकट गरेका थिए । अघिल्लो कार्यकालमा नागरिकले राम्रो सेवा पाएनन् भन्ने थियो । अघिल्लो कार्यकालमा सिकाइमा समेत गयो भन्ने छ । एउटा कार्यकाल बितेपछि नयाँ कार्यकालमा थप राम्रा काम गर्नुको साटो पूरानै शैलीमा काम भइरहेको छ । पूरानै शैलीमा काम गर्ने हो भने बाँकीका समय त्यसै जाने निश्चित हो भनेर जनताले अडकल काट्न थालिसकेका छन् । टीकापुरमा मेयर उपमेयर नै नमिलेर ५ वर्ष बित्छ की भन्ने नगरबासीमा चिन्ता छ । नागरिकको चाहना विपरित हिँड्दा अघिल्लो पटकका जनप्रतिनीधि असफल भए । अघिल्लो पटक राम्रो काम नगरेको व्यापक गुनासो टीकापुरमा छ । तसर्थ स्थानीय तहका जनप्रतिनीधि गम्भिर हुन जरुरी छ । जनतामाझ सत्य तथ्य जानकारी गराउँने र विकास निर्माणमा सहकार्य गर्दै हिँड्ने हो भने जनताको नजरमा राम्रो भनेर उभिन सकिन्छ । हैन ५ बर्ष कसले के गर्ने हो भन्ने सोच पाल्ने हो भने नागरिकले दुख पाउँछन् तर पद गएको भोली पल्टबाट नागरिकसंग मुख देखाउने लायकको भइंदैन ।