सम्पादकीय
गणतन्त्र आएपछि स्थानीय पालिकाका धेरैजसो प्रमुखहरु नेपाली समाजका पुराना साहुकार जस्ता भएका छन् । साहुकारको सहयोग पाउन साहुकारको जय जय गर्नु पथ्र्याे । साहुकारले सहयोग माग्नेको वास्तविक अवस्था भन्दा पनि जयजयकार कसरी ग¥यो त्यो महत्वपूर्ण कुरा हुन्थ्यो । साहुकारले आवश्यक्ता भन्दा पनि उसलाई के लाभ हुन्छ भन्ने ध्यान दिन्थ्यो । साहुकारको फूर्तिफार्तीको त के बयान गर्नु । सिंहदरबारको सेवाबाट आजित भएका नेपाली जनता पालिका भएपछि खुसी थिए । पालिकको अवधारणाले धेरैलाई खुसी बनाएको थियो । सिहंदरबारको अधिकार गाउँमा आएपछि आम नागरिक खुसी हुनु स्वभाविकै हो । तर पछिल्लो समय पालिकाका प्रमुखरुको व्यबहारले आम नागरिक दुखि हुन थालेका छन् । गणतन्त्र पछिको दोस्रो कार्यकाल स्थानीय पालिका चल्दै छ तर यो अवधिमै जनता दिक्क भएका छन् । यति छोटो समयमै पालिकाका प्रमुखको व्यबहारले नागरिकहरु पुराना साहुकार सम्झन बाध्य छन् । अहिलेका अधिकांस पालिका प्रमुख मोज मस्तीमा छन् । जनताले तिरेको कर आफ्नो बाउले विर्ता बेचेर ल्याएको झै मनपरी खर्च गर्ने गरेका छन् । जनताले तिरेको कर नागरिकको आवश्यक्ताका आधारमा भन्दा हजुरीया गर्नेहरुलाई बाड्ने गरेका छन् भने कतिपय कमिसनमा । यसरी गणतन्त्रमा स्थानीय पालिकामा देखिएको साहुकारको जस्तो व्यबहार कतिञ्जेल चल्ने हो । हुन त ५ बर्षमा निर्बाचन हुन्छ । जसरी हिजो साहुकार गाउँमा अराजक भएर राज गथ्र्याे त्यसै गरी ५ बर्ष पालिका लुट्ने अनी ५ बर्षमा जनता माझ फेरी चुनिएर आउने अवस्था सृजना गर्न थालेका छन् । पालिकाका प्रमुखहरु कसैको सुझाव लिन चाहदैनन् । सुझाव लिनु भनेको देखावटी मात्र हुन्छ । गाडी, भत्ता सबै व्यबस्था छ प्रमुखहरुलाई कुनै दिन फुर्सद हुदैनन् । जतिबेला पनि उनीहरु व्यस्त हुन्छन् । आफ्नो ठाउँको विकासका लागि सबै राजनीतिक दल मिलेर काम गरे मात्र विकास हुन्छ भनेर बुझेको पाइदैन । पालिकाको बजेटले मात्र जनताको चाहना पूरा हुदैन । जनताको भावना बुझेर सबैलाई मिलाएर काम गर्नुको साटो साहूकार जस्तो म जत्तिको जान्ने बुझ्ने मान्छे कोही छैनन् भन्ने स्वाँङ पारेको पाइन्छ । तसर्थ पालिकाका प्रमुखहरुले आफ्नो सोच परिवर्तन गर्न जरुरी छ । मनपरी हिड्दै गर्दा ५ बर्ष त बित्ला तर ५ बर्ष पछि सडकमा हिँड्दा नागरिकले थुक्ने दिन पनि आउन सक्छ भन्ने हेक्का राख्न जरुरी छ ।