स्थानीय सरकार : युवाको अपेक्षा बिषयक अन्तरक्रिया,जनप्रतिनीधिलाई घच्घच्याउनु प¥योः विक

टीकापुर, १५ भाद्र/शुक्रवार टीकापुरमा स्थानीय सरकारः युवाको अपेक्षा बिषयक अन्तरक्रिया कार्यक्रम भएको छ । टीकापुर जेसिजले गरेको उक्त कार्यक्रममा युवाहरुले देशको वर्तमान अवस्थाका बारेमा जिज्ञासा राखेका थिए । उनीहरुले कलेजहरु बेरोजगार उत्पादन गर्ने थलो हुन लागेको गुनासो गरे ।
टीकापुर बहुमुखी क्याम्पसका स्ववियू सभापति नृपजंग थापाले स्थानीय सरकारले कृषि अनुसन्धानकर्तालाई समेटेर योजना बनाउँछ की बनाउँदैन भनेर प्रश्न गर्दै क्याम्पसमा अध्ययनरत ८ सय विद्यार्थीलाई किसानसँग जोड्ने के कार्यक्रम छन् भनेर प्रश्न गर्नुभयो ।
यस्तै बीरेन्द्र विद्या मन्दिर क्याम्पसक स्वबियू सभापति नबिन अधिकारीले स्थानीय सरकारले बनाएको नीति नियम कार्यान्वयन भए भएनन् हेर्नुप¥यो भन्ने सुझाव दिनुभयो । विद्यार्थीले पढ्दै प्याड निर्माण गर्ने योजना बनाएर स्थानीय सरकारसँग सहकार्य गर्न खोज्दा सुनुवाई भएन भन्नुभयो । उहाँले पारिवारिक मन्दिर व्यक्तिगत जग्गामा बनाउने हो सार्वजनिक जग्गामा होइन भन्नुभयो ।


युवा व्यबसायी बिशाल बिष्टले युवा उद्यामी कार्यक्रम ल्याउन सुझाव दिदै उद्योग दर्तामा व्यबसायीले बेहोर्नुपर्ने झन्झटका बारेमा बोल्नुभएको थियो । युवा उद्यमी बिष्ट अमेरिकाको बसाई त्यागेर टीकापुरमा उद्योग सञ्चालन गर्दै आउनुभएका व्यबसायी हुनुहुन्छ ।
टीकापुर जेसिजका अध्यक्ष रुपकबहादुर बिष्टको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथी टीकापुर वडा नम्बर १ का वडाध्यक्ष मोहनबहादुर बिकले आफ्नो वडामा ४० प्रतिशत युवा भएकोमा ठूलो हिस्सालाई बाहिर राखेको महशुस भएको छ भन्नु भयो । उहाँले आउँदो कार्यक्रममा समेट्ने प्रतिबद्धता जनाउँदै जनप्रतिनीधिलाई घच्घच्याउनु भयो भने चेत खुल्छ भन्नुभयो ।
युवाले सुझाएका र अपेक्षा गरेका बिषयलाई कार्यपालिकाको बैठकमा छलफल बिषय बनाएर अघि बढ्ने बताउनुभयो । ‘‘पालिकाले बजेट बनाउँदा पूर्वाधार, सामाजिक, आर्थिक, वन वातावरण र सुशासन गरी ५ क्षेत्रमा प्राथमिकीकरण गरेर योजना तर्जुमा गर्ने गरिएको छ’’, विकले भन्नुभयो, ‘‘स्रोत अनुमान, बजेटको सिलिङ, बस्तीस्तरका भेला, बस्तीस्तरबाट आएका योजना वडामा छलफल गरी पालिकामा पठाउने गरिएको छ ।’’
विशिष्ट अतिथी नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष योगेश रावलले संसारका हरेक व्यक्तिको चाहना एकपटक अमेरिका जाने हुन्छ तर टीकापुरमा अमेरिकाबाट फर्केर उद्योग सञ्चालन गरिरहेका युवा पनि छन् तर सरकारी झन्झटले युवाहरुले काम गर्ने वातावरण छैन भन्नु भयो । उहाँले प्लस टू गरेपछि हरेक विद्यार्थी बिदेश जाने हो भने नेपाल बृद्ध भत्ता खानेहरुको देश बन्छ भन्नुभयो ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायव उपरिक्षक बिश्वराज अधिकारी, जेसिज अध्यक्षहरु जगदिश्वर पण्डित, आनन्द हमाल र रामबहादुर भण्डारी, पत्रकार भुवनेश्वर अधिकारीले युवाहरुका बारेमा सरकार गम्भिर हुनुपर्ने बताउनु भयो ।
कार्यक्रममा धन्यवाद कार्यक्रम संयोजक टेकेन्द्र बिष्ट मानसले दिनुभएको थियो भने सहजीकरण पत्रकार परमानन्द पाण्डेले गर्नुभएको थियो । स्वागत सुशिल भट्टराईले गर्नुभएको थियो भने सञ्चालन भरत भण्डारीले गर्नुभएको थियो ।