स्वर्गिय कोइरालाको श्रद्धाञ्जली कार्यक्रम

टीकापुर, १२ मङ्सिर/नेपाली कांग्रेसले सोमवार स्वर्गिय लक्ष्मी प्रशाद कोइरालाको श्रद्धाञ्जली कार्यक्रम गरेको छ ।
स्वर्गिय कोइरालाको निवास टीकापुर ९ खक्रौलामा भएको उक्त कार्यक्रममा महासमिति सदस्य नवराज रावलले स्वर्गिय कोइरालाको योगदानको चर्चा गर्दै परिवारमा जस्तै पार्टीमा पनि पीडा भएको बताउनुुभयो ।
उहाँले परिवारको लालन पालन मा स्वर्गिय कोइरालाले ठूलो संघर्ष गर्नुपरेको बताउनुुभयो । पूूर्ब महासमिति सदस्य फकिर सिंह कडायते प्रवासको संघर्ष र त्यस पछि पनि थप संघर्ष गर्नुुभएका स्वर्गिय कोइरालाबाट सबैले सिक्न जरुरी छ भन्नुुभयो ।


क्षेत्रीय सभापति प्रकाश शाहले स्वर्गिय कोइरालाले पर्टीमा पुु¥याएको योगदान सदा याद रहने बताउदै परिवाजनलाई पार्टीले दिने सम्मान र सहयोगमा कमि नहुने आश्वासन दिनुुभयो ।
पूर्व क्षेत्रीय सभापति भुवनेश्वर अधिकारीले समाज र पार्टीमा योगदान गरेको व्यक्ति गुमाउँदा सिंगो समाज स्तव्ध भएको भन्दै परिवारजनले पार्टीमा सम्बन्ध जोडिराख्नुुुहुुने छ भन्नुुभयो । समाजमा योगदान पुु¥याएकाहरु लाई सम्मान गर्नुुका साथै परेको बेला सहयोग गर्ने बानी बसाल्न जरुरी भएको अधिकारीले बताउनुु   भयो ।
नगरसभापति नरेश कुुमार खत्रीको सभापतित्वमा भएको कार्यक्रममा स्वर्गिय कोइरालाका काका भक्तीराम कोइरालाले जीवनी बोर बताउनुुभएको थियो । कार्यक्रम सञ्चालन नगर सहसचिब कुलराज खनालले गर्नुुभएको थियो ।
कोइरालाको ६४ बर्षको उमेरमा कात्तिक ३० गते निधन भएको हो । उहाँ मधुमहे रोगबाट गैसित हुुनुुहुुन्थ्यो । उहाँका श्रीमती ७ छोरी र २ छोरा हुनुुहुुन्छ ।