स्वर्गिय चपाईलाई श्रद्धाञ्जली

टीकापु ,२९ पुस/नेपाली कांग्रेसका कृयाशिल सदस्य स्वर्गिय सर्बानन्द चपाईको १३ औं दिनको पुुण्य तिथीको अवसर पारेर पार्टीले श्रद्धाञ्जली कार्यक्रम गरेको छ ।
कार्यक्रममा बोल्ने वत्ताहरुले स्वर्गिय चपाईले पार्टीमा पु¥याए को योगदान र सिंगो समाजलाई पु¥याएको योगदानका बारेमा चर्चा गर्नुभएको
थियो । उहाँहरुले पार्टी र समाजलाई योगदान दिने तर मलाई यो चाहियो भन्ने कुरा कहिलै नसुनेको भन्दै राजनीतिमा स्वार्थ हाबी भएका बेला चपाईले बाचुञ्जेल दिएको सन्देशबाट हरेकले सिक्न जरुरी छ भन्नुभयो ।


नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर रणबहादुर रावल ले स्वर्गिय सर्बानन्द चपाईले पार्टीमा मात्र होइन सिंगो समाजमा निष्ठापूर्बक योगदान पु¥याएको बताउनुभयो । ‘‘समाजबाट राम्रा कुरा सिक्नुपर्छ त्यसका लागि चपाई परिवारबाट सिक्न सकिन्छ ,’’ डाक्टर रावलले भन्नुभयो ,‘‘ प्रजातन्त्रका लागि कसैसंग सम्झौता नगर्ने व्यक्ति गुमाएका छौ , यो ठूलो क्षती हो ।’’ वडासभापति चक्रबहादुर बटाला को सभापतित्वमा भएको श्रद्धाञ्जली कार्यक्रममा क्षेत्रीय सभापति प्रकाश शाह, पूर्ब क्षेत्रीय सभापति भुवनेश्वर अधिकारीले स्वर्गिय चपाईले पु¥याएको योगदानका बारेमा चर्चा गर्नुभएको थियो भने स्वर्गिय चपाईका भतिजा भीमराम चपाईले आफ्ना काकाको जीवनीका बारेमा बताउँनुभएको थियो ।
कार्यक्रम सञ्चालन वडा सचिब रुपक बिष्टले गर्नुभएको थियो । स्वर्गिय चपाईका दूई श्रीमती, ५ छोरा र ३ छोरी हुनुहुन्छ । २०६६ साल देखि टीकापुरमा बस्दै आउनुभएका चपाई यस अघि पथरैयामा बस्नु भएको हो । चपाई को पौष १७ गते ७२ बर्षको उमेरमा निधन भएको हो ।