स्वर्गिय प्रकाश रावललाई श्रद्धाञ्जली

टीकापुर, २ आषाढ/नेपाली कांग्रेसका कृयाशिल सदस्य स्वर्गिय प्रकाश रावलको स्मृतिमा नेपाली कांग्रेसले शनिबार श्रद्धाञ्जली कार्यक्रम गरेको छ ।
श्रद्धाञ्जली कार्यक्रममा स्वर्गिय प्रकाश रावलले प्रजातन्त्र का लागि पु¥याएको योगदानको बारेमा चर्चा गरिएको  थियो । वडासभापति चक्रबहादुर बटालाको सभापतित्वमा भएको श्रद्धाञ्जली कार्यक्रममा महासमिति सदस्य पवनदेबि तिमिलसेना, क्षेत्रीय सभापति प्रकाश शाह र समाजसेवी नरबहादुर रावलले बिद्यार्थी कालदेखि स्वर्गिय प्रकाश रावलले समाज र पार्टीमा पु¥याएको योगदान बिर्सन नहुने बताउनु भयो । उहाँहरुले प्रजातन्त्रका लागि योगदान पु¥याएका व्यक्तिको पहिचान गरेर सम्मान गर्नुपर्नेमा जोड दिनुभयो ।


कार्यक्रममा सुरतबहादुर रावलले स्वर्गिय रावलको जीवनी बारे जानकारी गराउनुभएको थियो । कार्यक्रम सञ्चालन नगर सहसचिब झपटबहादुर बुढाले गर्नुभएको थियो ।
स्वर्गिय रावल पशुपति बहुमुखी क्याम्पस कामाण्डौका स्ववियू कोषाध्यक्ष पनि हुन् ।