स्वर्गिय सन्तराम चौधरीको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम

टीकापुर, १३ असार/नेपाली कांग्रेसका नेता स्वर्गिय सन्तराम चौधरीको स्मृतिमा मंगलबार श्रद्धाञ्जली कार्यक्रम भएको छ । चौधरीको निवास टीकापुर ३ घियापुछरीमा नेपाली कांग्रेसले श्रद्धाञ्जली कार्यक्रम गरेको हो ।

श्रद्धाञ्जली कार्यक्रमलाई सम्बोधन गर्दै क्षेत्रीय सभापति प्रकाश शाहले स्वर्गिय चौधरी इमान्दार नेता हुनुहुन्थ्यो भन्नुभयो । उहाँले पार्टी र सिंगो समाजले इमान्दार व्यक्ति गुमाएको बताउँनुभयो । ‘‘अहिले पद नपाएपछि स्वतन्त्र हुँ भन्ने प्रचलन बढेको छ तर स्वर्गिय सन्तरामले कहिलै पदको कुरा गर्नु भएन’’ शाहले भन्नुभयो,‘‘ समाजमा इमान्दार पूर्बक काम गर्ने कार्यकर्ता पार्टीले गुमाएको छ ।’’


पूर्ब क्षेत्रीय सभापति भुवनेश्वर अधिकारीले प्रजातन्त्रका लागि कठिन अवस्थामा घियामा सन्तराम चौधरी लगायत अन्य केही परिवारले ठूलो योगदान पु¥याएको बताउँनुभयो । ‘‘कठिन अवस्थामा एकथरीले योगदान पु¥याएपनि पछिल्लो समय लोभिपापीहरु पार्टीमा हाबी हुँदै जाँदा त्याग गरेका नेता कार्यकर्ता ओझेलमा पर्दै गएका छन्’’अधिकारीले भन्नुभयो,‘‘समाजमा राम्रो काम गर्नेहरुको पहिचान गरेर पार्टीमा स्थान दिनुका साथै पार्टीलाई समय दिने व्यक्तिको खाँचो छ ।’’ नगरसभापति नरेश कुमार खत्रीले स्वर्गिय सन्तराम चोधरीले पार्टीमा पु¥याएको योगदान सधै सम्झना रहने बताउनुभयो ।

वडासभापति अमरबहादुर महतौंको सभापतित्वमा भएको उक्त कार्यक्रममा स्वर्गिय सन्तलालको जीवनी बारे कान्छा छोरा ओमप्रकाश चौधरीले जानकारी गराउनुभएको थियो ।

कार्यक्रम सञ्चालन पदम बिकले गर्नुभएको थियो । २०२१ साल साउन १ गते जन्मनु भएका चौधरीको जेठ ३१ गते निधन भएको हो । मस्तिष्कघातका कारण उहाँको निधन भएको हो । सिंचाई , बिद्यालय लगायत बिभिन्न समाजिक काममा उहाँको सकृयता थियो ।