स्वाबलम्बन लघुबित्त ले बचतकर्ताको बचत फिर्ता गरेन

गणेश क्षेत्री
टीकापुर, २४ साउन/स्वाबलम्बन लघुबित्त बित्तीय सस्था लिमिटेडले बचतकर्ताको बचत फिर्ता नगरेको प्रमाण फेला परेको छ ।
टीकापुर नगरपालिका स्थित नेपाल राष्ट्र बैंक बाट “घ” बर्गको कारोबार गर्ने स्वाबलम्बन लघुबित्तले टीकापुर नगरपालिका वडा नं। ६ को महिला समूह मा आबद्ध फुलमती डगौराले बचत गरेको रकम फिर्ता नगरेको बताउनुभयो ।
सामान्यतया धितो÷बिना धितो र समूह जमानिमा ऋण लगानी गर्ने गरेका लघुबित्तका कर्मचारी ले समूह गठन गर्दा समुहमा बस्नुहोस् बचत गर्ने गर्दा भविष्यमा अफ्ट्यारो पर्दा जुनसुकै बेला रकम निकाल्न सक्ने र समूह पनि छोडन सक्ने भनेर समूह गठन गरेको समुह का अध्यक्ष निर्मला चौधरीले बताउनुभयो स्वाबलम्बन लघुबित्त टीकापुरका कार्यालय प्रमुख शिबराज भट्टले समूह छोडन र बचत फिर्ता गर्न सामान्यतया ३ महिना लाग्ने बताउनुभयो । तर विशेष परिस्थितिमा र विशेष कारण भएमा बचत फिर्ता गर्न सकिने बताउनु भयो । तर लघुबित्तको फिल्ड सहायक को रुपमा फिल्ड हेरिरहनु भएकी शान्ती चन्द ले कुनैपनी हालतमा बचत फिर्ता ३ महिना भन्दा अघि नगर्ने भनेर अडान लिए पछी आफू समस्यामा परेको फुलमती चौधरीले बताउनुभयो । फुलमती का अनुसार बचत गरेको रकमले बिरामी भएको श्रीमानको उपचार गर्ने भन्ने थियो अब समस्या उत्पन्न भएको छ भन्नुभयो ।


भजनी नगरपालिकामा रत्ना आउजी ले लघुबित्त कै असुलिको चर्को दवाबको कारण ले आत्महत्या गर्नपुगेको दुःखद घटना घट्नपुगेको भजनी नगरपालिकाका उपमेयर निबर्तमान छायाँ देबकोटाले बताउनुभयो ।
समुहमा ऋण लिएका कुनैपनि महिला सदस्य भागेमा अथवा ऋण उठ्ने परिस्थिति नभएमा सस्थाको ऋण जोखिममा परेमा मात्रै बचतकर्ता को बचत फिर्ता नगर्नु पर्ने हो तर कुरा बुझ्दा त्यो परिस्थिति नरहेकोले महिला बचतकर्ता को बचत फिर्ता हुनुपर्ने वडा न ७ का अध्यक्ष यज्ञ प्रसाद न्यौपानेले बताउनुभयो । बचतकर्ता महिलाले निवेदन दिएमा हामी बचत फिर्ता गराउँछौ वडा अध्यक्ष न्यौपानेले भन्नुभयो ।