सम्पदकीय
पञ्चायतकालमा राजपरिवारले स्विजरल्याण्डमा पैसा जमा गरेको छ भनेर राजनीतिक दलका नेताहरुले भन्ने गरेका थिए । राजपरिवार कै कारण मुलुक कमजोर भयो भनेर प्रजातन्त्र माग गरियो त्यसैका लागि आन्दोलन भयो । प्रजातन्त्र आएपछि नेपाललाई स्विजरल्याण्ड बनाउँछौ भनेर नेताहरुले भाषण गर्ने गरेका थिए । प्रजातन्त्र कालमा निर्माण भएका भौतिक संरचना जनयुद्धका नाममा ध्वस्त पारिए । गणतन्त्र नआउँदासम्म देश अघि बढ्दैन भनेर भनियो तर गणतन्त्र आएको डेढ दशक भयो नेपालको अवस्था नाजुक भयो । राजपरिवारले स्विजरल्याण्डमा राखेको पैसा अहिलेसम्म आएन । सत्ता र शक्तीमा भएका बेला गद्धीबाट हटाइएका राजाको पैसा स्विजरल्याण्डबाट ल्याएर देशको विकास गर्नुपर्ने थियो । स्विजरल्याण्डबाट पैसा ल्याएर देश विकासमा लागेका भए जनताले पनि जयजयकार गर्ने थिए तर नेताहरुले ठिक उल्टो गरिरहेका छन् । राजपरिवार भन्दा सयौं गुना बढी देश लुटिरहेका छन् । राजाको कालभन्दा बढी देश र जनताले दुख पाइरहेको अवस्था छ । सत्तामा जानका लागि नेताहरुले जनतालाई भन्नु भने नभन्नु भने । जे बोलेपनि हुन्छ भन्ने मानसिकताले बोलेका नेताहरु यतिखेर सत्तामा बस्दा बिगतका कुरा बिर्सिएका छन् । बिगत बिर्सिका नेताहरुप्रति नागरिक को चरम असन्तुष्टि बढ्न थालेपछि चुप लगाउने योजना बनाउँदैछन् । मनपरी गरेर देश लुटेन व्यस्त नेताहरुको कुरा जनताले हत्तपत्त पत्याउने अवस्था छैन । नागरिक पूर्ण रुपमा निरास छन् । मुलुक कता जाने हो भन्ने त्रास छ । यस्तो अवस्थामा नेताहर सचेत हुनुको साटो आफ्नो गल्ती ढाकछोप गर्नमा लागेका छन् । तसर्थ जनता सचेत हुन जरुरी छ । पार्टीका नाममा बिभाजन भएर आपसमा लड्ने होइन । जनता ठग्ने नेताहरुलाई तह लगाउन जरुरी छ ।