हिंसा न्यूनिकरणका लागि सेवा प्रदायकको नक्शांकन र सिफारिस प्रणाली तयार

टीकापुर, ११ बैशाख/लैंगिक हिंसा तथा बाल संरक्षणको क्षेत्रमा कार्यरत सेवा प्रदायकहरुको नक्साङ्कन र सिफारिस प्रणाली बारे टीकापुर नगरपालिकामा छलफल कार्यक्रम भएको छ ।
सामुदायिक विकास केन्द्र डोटी ९सिडिसी० को सहयोगमा टीकापुर नगरपालिकाले लैंगिक हिंसा तथा बाल संरक्षणका क्षेत्रमा कार्यरत सेवा प्रदायकहरुको नक्साङ्कन गर्ने गरेको छ ।
कार्यक्रममा सामुदायिक विकास केन्द्रका कार्यक्रम संयोजक तिलक चौधरीले सहजीकरण गर्नुभएको थियोे । कार्यक्रममा युनिसेफका सिर्जना नेपालले हिँसामा परेका महिला तथा बालबालिकाका लागि काम गर्न सहज होस भनेर नक्साकन गर्नुपरेको बताउनुभयो ।


सिफारिस प्रणाली संयन्त्र र दिइने सेवाबारे जानकारी भएमा समस्यामा परेकालाई सम्बन्धित ठाउँमा पुर्याउन सहज हुने बताउनुभयो ।
टीकापुरमा १८ वटा संस्थाले महिला बालबालिकाको सरक्षण का क्षेत्रमा काम गर्दै आएका छन् ।
सामाजिक विकास समिति संयोजक लालविर चौधरीले समाजको सम्वेदनशिल वर्ग महिला बालबालिकालाई सेवा दिने सवालमा सबै जिम्मेवार हुन आवश्यक रहेको बताउनुभयो । कार्यक्रम महिला बालबालिका शाखा प्रमुख संगीता शाहले सञ्चालन गर्नुभएको थियो । पालिकाले गत वर्ष तयार गरेको नक्शांकन अद्यावधिक गरेको     हो ।