हिउंदमा पनि नदी कटानको त्रास, सकेजति काम गर्ने सांसद न्यौपानेको आश्वासन

टीकापुर, ५ पौष/वर्षादको समयमा मात्र होइन हिउँदमा पनि कैलालीको पूर्वी दक्षिण भेगमा नदी कटानको त्रास छ । हिउँदमा समेत कटान भइरहँदा स्थानीय त्रासमा भएका हुन् । कर्णाली नदीले टीकापुर ९ फाँटामा कटानी करिरहेको छ । एक हप्तामा दुई मिटर कटान भएको छ । यसरी कटान हुन थालेपछि स्थानीयले जनप्रतिनीधि गुहार्न थालेका छन् । कटानकै कारण कर्णाली नदीले सत्ती कर्णाली वन र पार्कको मन्दिर नजिक कटान हुँदा बाढी पस्ने खतरा बढ्दै गएको  छ ।
यसैगरी मोहना नदीले खक्रौला मा कटान गरिरहेको छ । नदी कटान हुन थालेपछि स्थानीयले स्थानीय साधन स्रोत प्रयोग गरेर कटान नियन्त्रमा लागेका छन् । उता पथरैयाले डिबीपुर नजिक पथरैया घाट नजिक कटान गरिरहेको छ । टीकापुर पार्क नजिक करिब ५ सय मिटर, सत्ती कर्णाली वन नजिक ५ सय मिटर, फाँटामा तीन सय मिटर, खक्रौलामा एक किलोमिटर र डिवीपुरमा ७ सय मिटर नदी किनारा खतरामा रहेको पाइन्छ । यी स्थानमा हिउँदमै काम नभए वर्षादमा नदी पस्ने निश्चित हो । कटान भइरहेका कतिपय स्थान मा बोल्डर हालेर पनि केही हद सम्म कटान रोकिने स्थानीयको भनाइ छ ।


‘‘नदी कटानले सयौं विघा जग्गा बगरमा परीणत हुने अवस्था छ, तर राज्यले देख्दैन’’, स्थानीय शेरबहादुर साउदले भन्नुभयो, ‘‘सामान्यतया पहिले बोल्डर हाल्दा पनि धेरै कटान रोक्न सक्ने अवस्था हुँदा हुँदै कुनै निकायले काम         गरेन ।’’ वडा नम्बर ६,७ , ८ र ९ त्यसै पनि बाढी प्रभावित क्षेत्र हुन् हजारौं विघा जग्गा डुबानमा पर्छन् भन्दै साउँदले स्थानीय सरकारलाई केही वास्ता छैन भन्नुभयो । उहाँले स्थानीय सरकारले गम्भिरताका साथ लिएको भए संघ र प्रदेश सरकारसँग सहकार्य गरेर यति काम गर्न कुनै समस्या थिएन भन्नुभयो ।
‘‘तत्कालका लागि खक्रौलामा ७ ठाउँमा बोल्डर र ठोकर हाल्ने, फाँटामा बोल्डर र बीडीपुरमा बोल्डर हालेको भए धेरै राहत हुने थियो’’, स्थानीय समाजसेवी खड्क धामीले भन्नुभयो,‘‘मुख्य मन्त्री कमलबहादुर शाह र नेपाली काँग्रेसका केन्द्रीय सदस्य डाक्टर रणबहादुर रावललाई केही दिन पहिले कटान क्षेत्रमा बोलाएर समस्या देखायौँ, बिहिबार संघिय सांसद इश्वरी देबी न्यौपानेलाई समस्या देखायौँ ।’’
‘‘हामीले बोलाएका जन प्रतिनीधिहरु ले आश्वासन दिनुभएको छ हेरौँ’’, धामीले भन्नुभयो, ‘‘बास नै नरहने अवस्था हिउँदमा छ भने बर्षादमा कस्तो होला रु’’ बिहीबार मात्र संघिय सांसदले कटान क्षेत्रको अनुगमन गर्नुभएको छ । अनुगनम गर्ने क्रममा सांसद न्यौपानेले भयाबह अवस्था रहेको बताउँदै सक्दो सहयोग गर्ने आश्वासन दिनुभयो । उहाँले तत्काल गर्नुपर्ने काम काठमाण्डौ जाने बित्तिकै पहल गर्ने बताउनु भयो । ‘‘बोल्डर धेरै ठूलो लागत होइन, स्थानीय पालिकाले पहल गरेको भए पनि हुने थियो’’, सांसद न्यौपानेले भन्नुभयो, ‘‘हिउँदमै कटान हुन्छ भने नागरिकमा त्रास हुनु स्वभाविकै हो ।’’

‘‘पहिलो चरणमा बोल्डर हाल्ने र क्रमशः तटबन्धको पहल गर्छु’’, न्यौपानेले भन्नुभयो, ‘‘यत्रो बिकराल समस्या आफ्नो पालिका मा भएपनि स्थानीय जनप्रतिनीधि ले चासो नदिदा नागरिकको आक्रोस पनि छ ।’’ विकासका सवालमा सबै तीनै तहका जनप्रतीनीधि एक भएर लाग्नुपर्ने भन्दै जनताले जिताएर पठाएका जनप्रतिनीधि हामी बसेर समस्या समाधान गर्न लाग्नुपर्छ भन्नु भयो ।
बिहीबारै न्यौपानेले नेपाली कांग्रेसको सय दिने अभियान अन्तर्गत वडा नम्बर ५ को अभियान शुरुवात गर्नुभयो । शुभकामना दिदै न्यौपानेले काँग्रेसले विकासका सवालमा ध्यान दिन जरुरी छ भन्नुभयो । उहाँले काँग्रेसका जनप्रतिनीधिले हालेका योजनामा काँंग्रेसका नेताहरुले कस्तो बन्दै छ भनेर जनतासँगसँगै मिलेर निगरानी गर्न निर्देशन दिनुभयो ।
वडासभापति गगनसिंह ठकुल्ला को अध्यक्षतामा कार्यक्रम भएको थियो । न्यौपानेले नदी कटानको अवस्था बारे पनि बुझ्ुनु भएको थियो । करिब एक हप्तादेखि न्यौपानेले आफ्नो क्षेत्रका जनता सँग भेटघाट गर्दै समस्या र गुनासो सुन्दै आउनुभएको छ । स्थानीय स्तरमा विकासका सवालमा यस क्षेत्रका स्थानीय सरकार कही पनि गम्भिर नभएको जनताले गुनासो गरेका छन् ।
यसैगरि संघीय सांसद तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य न्यौपानेले बिहिबार नै टीकापुर नगरपालिका वडा नं.४ का जनजाती नेताहरु संघ छलफल गर्नुभएको छ । उहाँले कांग्रेस बलियो बनाउन जनजाती नेताहरु सक्रिय हुनुपर्ने बताउनु भयो ।