सम्पादकीय
शेयर बजारको कुरा गर्ने हो भने अघिल्लो बर्षको तुलनामा १६ खर्ब रुपैयाँ लगानीकर्ताले गुमाएको अवस्था छ । गत भदौमा ३१९९ बिन्दुमा पुगेको शेयर बजार अहिले १९३७ मा झरेको छ । करिब ४४ खर्ब शेयर बजारमा पुँजी थियो भने अहिले २७ खर्ब मात्र रहेको छ । यसरी शेयर बजारमा लगानी कर्ताले खर्बाै गुमाउनु परेको अवस्था छ । व्याज दरमा बृद्धि र तरलताको अभावमा शेयर बजार माथि उक्लन सकेको छैन । बिदेशबाट आएको रेमिट्यान्स शेयर बजारमा लगानी गर्ने वातावरण भएको भए शेयर बजार माथि उक्लने थियो । शेयर बजार त्यसै पनि जोखिम मोल्ने ठाउँ भएको र त्यसैमा सरकारको अनुगमन फितलो भएका कारण रकम डुव्ने चिन्ता भएपछि शेयर बजारबाट नागरिक हच्किएका छन् । लगानीकर्ताहरुले ठूलो रकम गुमाएपछि यतिखेर थप लगानीकर्ता बजारमा आउन मानिरहेका छैनन् । आफ्नो सानो बचत बित्तिय संस्थामा जमा गरेर व्याज खानु पर्ने या शेयर बजारमा लगानी गर्नुपर्ने दुईवटा बिकल्प भएपनि बचतकर्ताले व्याजलाई सुरक्षित मान्न थालेका छन् । व्याज भन्दा बढी आम्दानी शेयर बजारले दिने भएपनि नागरिक रकम सुरक्षित हुने सवालमा बिश्वस्त छैनन् । नेपालको अर्थतन्त्र कतिबेला के हुने हो भन्ने सोच सबैको मनमा छ । अर्थतन्त्र ध्वस्त भएको कुरा आउँछ त कहिले प्रधानमन्त्रीले तलब खुवाउन बिदेशीसंग गुहार माग्नुपर्ने अवस्था छ भन्ने अभिव्यक्ति आउछ । उत्पादनको क्षेत्रमा सरकारले प्रगति गर्न सकेको छैन । केवल बिश्व बजारबाट खरिद गर्ने र प्रयोग गर्ने बानीले अर्थतन्त्र बलियो हुने कुरै भएन । कृषि क्षेत्र त बलियो हुन सकेको छैन भने उद्योग क्षेत्र त बलियो हुने कुरै भएन । बिश्व बजारसंग प्रतिस्प्रधा गर्न खासै गाहे थिएन । नेपालमा श्रम मुल्य संस्तो भएका कारण उत्पादनमा सहज हुने देखिन्छ । नागरिकको आर्थिक सुधारका बारेमा राज्यले चासो दिएको पाइदैन । शेयर बजारमा सर्ब साधारण समेत डुबेको अवस्था छ । त्यसैले सरकारले शेयर बजारलाई बिश्वाशिलो र भरपर्दाे बनाउन जरुरी छ । अनावश्यक राजनीतिबाट शेयर बजार पनि अछुतो छैन । यसमा सबैको ध्यान जान जरुरी छ ।