२०७२ को घटनामा थारु बिभाजित

टीकापुर, ८ भाद्र/२०७२ सालमा टीकापुरमा भएको घटना सम्झने कार्यक्रममा थारु समुदाय बिभाजित भएको छ । भदौं ७ गतेलाई एकथरीले‘ बिद्रोह दिवस ’का रुपमा मनाएका छन् भने अर्को थरीले‘ २०७२ को टीकापुर घटना स्मरण दिवस’ मनाएका छन् ।
थारु कल्याणकारिणी सभा, थारु बिद्यार्थी समाज र थारुहट थारुवान राष्ट्रिय मोर्चाले सयुक्त रुपमा‘ बिद्रोह दिवस’ मनाएको हो भने माननीय रेशम चौधरी को पार्टी नागरिक उन्मुक्ति पार्टीले ‘२०७२ को घटना स्मरण’ दिवस मनाएको हो । बिद्रोह दिवस भानु चौकमा मनाइएको थियो भने स्मरण दिवस नागरिक उन्मुक्ति पार्टी कार्यालयमा मनाइएको थियो । दुबै कार्यक्रमका प्रमुख अतिथी राजबन्दी परिवारका सदस्यहरुलाई बनाइएको थियो । दुबै कार्यक्रममा थारु समुदायका मुद्धा सम्बोधन हुनुपर्ने माग गरिएको थियो । सयुक्त कार्यक्रम आयोजकले बिभिन्न पालिकाबाट नागरिक ओसारेका थिए भने नागरिक उन्मुक्ति पार्टीको कार्यक्रममा स्वफुर्त रुपमा आएका थिए । दुबै कार्यक्रममा स्थानीय राजनीतिक दलका नेताहरुले सम्बोधन गरेका थिए ।


सुयक्त रुपमा भएको कार्यक्रम मा नेपाली कांग्रेसका नेताहरु डाक्टर रणबहादुर रावल, राम जनम चौधरी, जनकराज चौधरी, माओवादी केन्द्रका नेताहरु नेपबहादुर चौधरी र तिलक परियार लगायतको सहभागिता थियो ।
उता नागरिक उन्मुक्ति पार्टीको कार्यक्रममा उनीहरुका नेताहरु मात्र थिए । अघिल्ला बर्षमा भदौं ७ गतेको कार्यक्रममा खासै तछाड मछाड हुने गरेको थिएन । यस बर्ष मसिंरमा निर्बाचन हुने भएपछि भदौ ७ गतेलाई सबैले महत्व दिएका हुन् । भदौ ७ को घटनालाई लिएर रेशमले स्थानीय तहमा सफलता पाएपछि नेपाली कांग्रेस, माओवादी, एमाले लगायत अन्य दलका थारु नेताहरु आत्तिएका छन् । भदौ ७ गतेको घटनामा रेशम चौधरी लगायत अन्य जेल जीवन विताउन बाध्य छन् ।


२०७२ को घटनालाई राजनीतिक घटना हो भन्दै यस क्षेत्रमा सबै भन्दा पहिला नेपाली कांग्रेसले निर्णय गरेपनि अन्य दल चुपचाप बसेका थिए । २०७२ को घटना लाई केही थारुले भोटको रुपमा प्रयोग गर्ने प्रयास गरेको देखिन्छ भने उता रेशम चौधरीले नेतृत्व सहित जेल जीवन बिताएको देख्दा आम थारु समुदाय रेशमको बिश्वासमा छन् । थारुको अधिकारका लागि एउटा जेल जाने अनी थारुको नाममा अर्कोले लाभ लिने राजनीति नागरिकले बुझेकै कारण स्थानीय चार पालिकामा नागरिक उन्मुक्ति पार्टीले सफलता हासिल गरेको स्थानीयको बुझाई छ ।
२०७२ को घटनालाई जति सक्यो चाडो सामसुम होस् भन्ने स्थानीयको चाहना भएपनि मगंलवार भएको कार्यक्रमले सबैको चिन्ता बढाएको छ । ‘भोटको राजनीतिमा फसेर दुई वटा कार्यक्रम भएका हुन्,’ नेपाली कांग्रेस कि नेतृ निर्मला कडायतले भन्नुभयो ,‘ मुद्धा एउटै भएपछि समुदायको भावना बुझेर सद्भाव बढ्ने कार्यक्रम गरेको भए राम्रो सन्देश जाने थियो । ’ ‘थारु समुदायको अधिकारका बारेमा पुरै वेवास्ता गरेर समाधान खोज्नु गलत हुन्छ ,’ कडायतले भन्नुभयो ,‘ २०७२ को घटना समाधान गर्न राजबन्दीहरुलाई रिहाई गर्नुका साथै दिवंगत भएकाहरुलाई सहिद घोषणा गर्नुपर्छ ।’ भोटको राजनीति गर्दा टीकापुरको बद्नाम गर्ने अधिकार कसैलाई छैन भन्दै नेतृ कडायतले २०७२ को घटना समाधान गर्न राज्य पनि गभिंर हुनुपर्छ भन्नुभयो ।


उता भदौ ७ गते शहिद भएका बालक टेकबहादुर साउँद स्मृति केन्द्रले पनि मगंलवार ७ औं साधारणसभा गरेको छ । स्मृति केन्द्रका अध्यक्ष जंगहादुर साउँदको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा सुदुरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री डाक्टर रणबहादुर रावल प्रमुख अतिथी रहनुभएको थियो भने बिशिष्ट अतिथी नगर प्रमुख रामलाल डगांैरा रहनुभएको थियो ।
कार्यक्रम उपाध्यक्ष गणेश प्रसाद ओझाले गर्नुभएको थियो ।