२५ पिण्ट रगत संकलन

टीकापुर,७ असोज/सन नेपाल लाइफ इन्सोरेन्स कम्पनीले पाचौं बार्षिकोत्सवको उपलक्ष्यमा बिहिवार लम्कीमा रक्तदान कार्यक्रम गरेको छ ।
रक्तदान कार्यकक्रममा २५ जनाले रगत दान गरेका छन् । यसरी रक्त दानबाट संकलन भएको रगत टीकापुर स्थित रक्त सञ्चार केन्द्रमा ल्याइएको
छ ।

‘‘रक्तदान कार्यक्रमबाट २५ पिण्ट रगत संकलन भएको छ उक्त रगत टीकापुरमा राखिएको छ ,’’नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखाका सह–सचिब टेकराज बिनाडीले भन्नुभयो,‘‘ बिभिन्न संघ संस्थाले गर्ने रक्तदान कार्यक्रम बाट रगत आपुर्ती गर्न सहज हुने गरेको छ ।’’ रगत लिने तर दिन गाहे मान्ने चलनले रगत आपुर्ती गर्न समस्या हुने गरेको बिनाडीको भनाई छ । टीकापुर उपशाखाबट सञ्चालित रक्त सञ्चार केन्द्रले बार्षिक १५ सय पिण्ट भन्दा बढी रगत वितरण गर्ने गरेको छ ।