कर्णाली मावि टीकापुरको सामाजिक परीक्षण सम्पन्न

टीकापुर, २८ कात्तिक\कर्णाली मावि टीकापुरको आर्थिक वर्ष २०८१÷०८२ को सामाजिक परीक्षण बिहिबार सम्पन्न भएको छ । गत  असार सम्म विद्यालयमा ६ करोड,४८ लाख ९१ हजार ५ सय ८ रुपैयाँ आम्दानी रहेको छ भने ३ करोड,८० लाख ९६ हजार ५ सय २३ खर्च र २ करोड ६७ लाख ९३ हजार ४ सय ४५ रुपैयाँ बचत रहेको आर्थिक प्रतिवेदनमा उल्लेख छ ।
गत शैक्षिक सत्रमा विद्यालय २ सय २६ दिन खुलेको छ भने १ सय ९६ दिन विद्यालयमा खुद पढाई संचालन भएको छ । विद्यालयको सिकाई उपलब्धि भने गत वर्षको तुलनामा कक्षा ५ मा ३।८४ जिपिए,कक्षा ८ मा  ३।८४ र कक्षा १० मा २।५७ जिपीए सिकाई उपलब्धी प्राप्त गरेको छ । यसरी विद्यालयले जम्मा ९२ अंक प्राप्त गरेको छ ।
शिक्षक अभिभावक संघका अध्यक्ष रतन टमट्टाको अध्यक्षतमा भएको कार्यक्रममा टीकापुर  नगरपालिका शिक्षा शाखा अधिकृत नरेश अवस्थि प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि अवस्थिले विद्यालयले यस क्षेत्रका अभिभावकहरुको विश्वास जित्न सफले रहेकोले सो विश्वासलाई टुट्न नदिन सुझाव दिनुभयो । उहाँले विद्यालयले प्राप्त गरेको सिकाई उपलब्धी लगायतका उपलब्धीलाई नघट्ने गरी योजना बनाई सुधार गर्न सुझाव दिनु भयो ।
यस्तै विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा टीकापुर नगरपालिका वडा न। १ का वडा अध्यक्ष मोहन विकले अधिकांश अभिभावकहरुको अग्रेजी शिक्षा प्रतिको मोहलाई बुझेर बालविकास कक्षादेखि नै अंग्रेजी माध्यम लागु गरेको बताउनुभयो । उहाँले  जसरी विद्यालय बनाउन सबै अभिभावकहरुको महत्व रहेको छ त्यसरी नै नतिजा सुधारमा पनि सबैको सहयोगको अपेक्षा  राखेको बताउनुभयो ।
कार्यक्रममा सामाजिक परिक्षण समितिका बुद्धिजिवी सदस्य भक्तीराम कोइरालाले सामाजिक परिक्षण प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कोइरालाले प्रतिवेदन प्रस्तुत गर्दैै समयमा नै सामाजिक परिक्षण समयमै गर्नु पर्ने, सिकाई उपलब्धी अझै वृद्धि गर्दै जानु पर्ने, शिक्षक स्टाफ बैठक बढाउदै लैजानु पर्ने लगायतको सुझाव दिनुभयो ।
कार्यक्रममा नगर शिक्षा समिति सदस्य जोगी रावल, प्रधानाध्यापक को तर्फबाट खड्ेग स्मृति टीकापुरका प्रधानाध्यापक झनकराज ओझा, अभिभावकको तर्फबाट रामेश्वर रेग्मी लगायतकाले शुभकामना दिनुभएको थियो । कार्यक्रममा बोल्ने अधिकांश व्यक्तिहरुले विद्यालयले अभिभावक बाट पाएको विश्वास गुम्न नदिन सुझाव दिनुभएको छ ।