कांग्रेस माओवादीको गठबन्धनले समस्या

सम्पादकीय
बीपीको बिरासतबाट नाफा खाँदै आएका कांग्रेसका नेताहरु र भारतको आडमा सत्ता र शक्तीमा पुगेका माओवादी नेताहरु देश र जनताको बारेमा सोच्नु भन्दा पार्टी र आफ्नो भबिष्यका बारेमा केन्द्रित भएका छन् । उपनिर्बाचनले समिक्षा गर्नुपर्ने सन्देश दिएको छ भनेर भाषण गर्छन् तर गतिबिधी सुधार्न तयार छैनन् । माओवादी लडाकुलाई दुई लाख रुपैयाँ दिन एक अर्ब ४० करोड अर्थ मन्त्रालयले निकासा दिने भएको छ । यो भन्दा व्यतिथी के होला ? कर्मचारीले तलव खान पाउने अवस्था छैन । आम्दानी ६ खर्ब ,खर्च ८ अर्ब भएको छ । यस्तो अवस्थामा अर्थतन्त्र सुधार गर्न कठोर हुनुपर्नेमा आफ्ना कार्यकर्ता पोस्ने कार्यक्रम ल्याउनेहरुबाट नागरिकले आशा के गर्ने ? रबि लामिछानेलाई सत्तोसराप गर्ने तर सत्तामा बसेर जनताको पक्षमा काम नगर्नेहरुको नेतृत्वले देशलाई गति दिन सक्दैन । उपनिर्बाचनबाट ठूला दलका नेताहरु सुध्रन जरुरी छ । मुलुक भयावह अवस्थामा पुगेको छ तर नेताहरु गभिंर छैनन् । कांग्रेस र माओवादीका निष्ठावान कार्यक्रर्ता समयमै सचेत हुन जरुरी छ । माओवादीका केही नेता र कार्यकर्ता जनयुद्धका नाममा मालामाल भएका छन् भने कांग्रेसका केही नेताहरु पनि मालामाल भएका छन् । यस्तो अवस्थामा देश र जनताका लागि लागेका माओवादी र कांग्रेसका निष्ठावान कार्यकर्ता र नेताहरुले दबाब सृजना गर्न जरुरी छ । निष्ठावान कार्यता र नेताहरु चुपचाप लाग्ने हो भने पार्टी नै संकटमा पर्ने निश्चित हो । बिदेशीलाई खुसी पारेर सत्तामा बस्न पल्केका नेताहरुलाई बहिस्कार नगर्ने हो भने नागरिकले दुख पाउने निश्चित हो । लडाकुको संख्या नै बिबादमा भएका बेला पैसा बाड्नु अपराध हो । बसेर खाउँ भन्ने राजनीतिले देशको अर्थतन्त्र डामाडोल भइसक्यो तर नेताहरु रोजगार दिनुको साटो भुल्याउने र आफु सत्तामा बस्ने योजनामा लागेका छन् । नागरिक सडकमा आउन जरुरी छ । नागरिक चुपचाप बस्दा मुलुक थप संकटमा पर्छ सबैको ध्यान जान जरुरी छ ।