क्वारेन्टाईन स्थापना गर्न आन्दोलन

सम्पादकीय
टीकापुर आफ्नै बलुबताले उभिएको ठाउँ हो । राज्यले सधै उपेक्षा गरिरहयो तर यहाँको हरेक नेतृत्वले आफ्नो पार्टीका शिर्ष नेताहरुको चाकडी सधँै गरिरहे । यसरी चाकडी बजाउनेहरुले आफ्नो शिर्ष नेतृत्वसँग विकास माग्नुभन्दा पनि आफ्नो स्वार्थमा कुरा गर्दा विकासका बारेमा चासो दिएको पाइएन । विकासका सवालमा लम्की खक्रौला सडक खण्ड एमालेका नेता रघुबिर महासेठ र टीकापुरको स्मार्ट सिटी अन्तर्गत बजार क्षेत्रमा भइरहेको सडक निर्माण नेपाली काँंग्रेसका नेता अर्जुन नरसिंह केसीको सहयोगले टीकापुरले पाएको हो । यसबाहेक टीकापुरले केही पाएको छैन । प्रजातन्त्र आयो गणतन्त्र आयो तर टीकापुर विकासका सवालमा ठगियो । मूल भन्सार भयो तर बिस्थापित भएको क्वारेन्टाईन पुनःस्थापना गर्ने बिषयमा राज्य सहयोगी हुँदैन । भन्सारसंगै आवश्यक पर्ने कार्यालय त्यसै पनि स्थापना गर्नुपर्ने हो तर सरकार गैरजिम्मेवार भयो । यसरी सरकारसंग पटक–पटक क्वारेन्टाइनका बारेमा पहल भएपनि सुनुवाई भएन । यस क्षेत्रको विकासका मुद्धामा टीकापुर उद्योग वाणिज्य संघले पटक–पटक भूमिका खेलेको छ । हरेक वर्ष महोत्सवमा विकासका एजेण्डा सहित माग राख्ने र प्रमुख अतिथी बनाउने काम हुन्छ तर प्रमुख अतिथी भएका मध्य रघुबिर महासेठ बाहेक अरुले भाषण गरे काम गरेनन् । यसरी ठगिदा पनि यस क्षेत्रका सामाजिक अगुवा सचेत भएको पाइदैन । क्वारेन्टाइनका लागि मंगलबार भन्सार कार्यालयमा तालाबन्दी गर्ने निर्णय उद्योग बाणिज्य संघले ग¥यो र तालाबन्दी पनि ग¥यो । यो तालाबन्दी कार्यक्रममा पनि टीकापुर दुई चिरामा बिभाजन भयो । यसरी दुई भागमा चिरा पर्ने गरी कसरी कार्यक्रम आयो ? विकासका सवालमा एक भएर कार्यक्रम आएको भए त्यसले सार्थकता पाउने थियो । तालाबन्दी सहित कार्यक्रम गर्दै आएको संघलाई अहिले सकस भएको छ । अधिकांसले तालाबन्दी कार्यक्रम गलत हो भन्न थालेपछि संघलाई आन्दोलन निल्नु न ओकेल्नु भएको छ । टीकापुरको यहि समस्याले विकास भइरहेको छैन । विकास भन्दा पनि कतिपय त चर्चाका लागि लागेका हुन्छन् । चर्चामा लागेकाहरु आफ्नो बिग्रेको छवि आन्दोलनमा लागेपछि सफा हुन्छ भन्ने भ्रममा छन् । क्वारेन्टाईनका बारेमा राज्यले बेवास्ता गरेको छ भने सबै एक भएर एजेण्डा तय गर्ने र त्यहि एजेण्डामा रहेर माग पूरा नहँदासम्म आन्दोलन नरोक्नुपर्ने हो तर यहाँ एक दिन अघिको आन्दोलन अर्काे दिनमै लखतरान हुन थालेको अवस्था छ । टीकापुरमा बिद्युत कार्यालय होस् या नापी र मालपोत कार्यालय सहज रुपमा आएका होइनन् । कतिपय युवाहरुलाई टीकापुरमा योगदान गर्नेका बारेमा जानकार पनि छैनन् । केवल चर्चामा आएर सामाजिक नेतृत्व पाइन्छ भन्ने बुझेकाहरु कै कारण समस्या हुँदै गएको छ । तसर्थ टीकापुरका नागरिक सचेत हुन जरुरी छ । टीकापुरमा बस्नेहरुले टीकापुरमा खर्बाै लगानी गरेका छन् केहीले चलाखी पूर्ण तरिकाले टीकापुरलाई आफ्नै वरिपरी घुमाउन प्रयास गर्छन् त्यस्ताहरुबाट सचेत हुन जरुरी छ ।