सम्पादकीय
स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने पानी जस्तो बिषयमा उपभोक्ता आफै सचेत हुनुपर्छ । उपभोक्ता समितिमा नातेदार खोज्दा पानी जस्तो संबेदनशिल बिषयमा हामी आफै चुक्ने हो र नोक्सानी पनि उपभोक्तालाई नै हो । आफुले उपभोग गर्ने कुरामा गम्भिर हुन जरुरी छ । पानीमा राजनीति होला तर स्वच्छ पानी र पारदर्शीताका लागि राजनीती हुनुप¥यो । जहाँपनि राजनीति भयो भन्ने अनी राम्रो मान्छे छान्नेबेला नातेदार खोज्ने हो भने सुधार हुँदैन । उपभोक्ता समितिमा आउने व्यक्ति हाम्रै समाजका मान्छे हुन् । खानेपानी संस्थामा एक पटक अवसर पाएका व्यक्तिको बेबहारलाई बिश्लेषण गर्न जरुरी छ । संस्थामा जान रहर गरेर मात्र हुँदैन संस्थालाई चलाउन पनि सक्ने हुनुप¥यो । आर्थिक अपारदर्शीता र संस्थामा भएको जीप प्रयोग गर्नका लागि मात्र दौडधुप गर्नेहरुलाई अवसर दिने हो भने स्वच्छ पानी कसरी खान पाइन्छ ? स्वस्छ पानी दिर्घकालिन बनाउन हरेक साधारणभाबाट इमान्दार पदाधिकारी पठाउन जरुरी छ । निर्बाचनमै हो ध्यान दिने । निर्बाचनका बेला व्यक्तिको बिश्लेषण गर्न नसक्ने हो भने गलत मान्छे संस्थामा प्रबेश गर्छ । गलत मान्छेलाई पठाएपछि राम्रो नतिजा खोज्नु मुर्खता हो । जात र नातेदारका भरमा संघ संस्थामा व्यक्ति पठाउँदै जाँदा टीकापुरमा द्वन्द बढ्दै गएको छ । खाने पानीका बारेमा निर्णय लिने अधिकार सबैलाई बराबर छ । यतिखेर खानेपानी लगायत अन्य संघ संस्थाका बारेमा नेतृत्व चयन भइरहेको छ । यसमा टीकापुर बासी सकारात्मक भएर सही नेतृत्व चयनमा लाग्न जरुरी छ । सामाजिक संघसंस्था मा जान का लागि यति मरिहत्ते किन भइरहेको छ भनेर हरेकले सोच्न जरुरी छ । तसर्थ खानेपानीको निर्बाचनमा संस्थालाई बलियो र पारदर्शी तरिकाले चलाउने व्यक्तिलाई छान्न जरुरी छ । निर्बाचनका बेला आउने घोषणा भन्दा पनि अघिपछि समाजमा खेलेको भूमिका लाई मुल्यांकन गर्न जरुरी छ । अवसर पाउँदा काम देखाउन नसक्ने अनी निर्बाचन का बेला जथाभावी योजना देखाएर भोट माग्ने प्रबृत्ति लाई अन्त गर्न जरुरी छ । निर्बाचनका बेला सार्वजनिक गरिएका घोषणा पत्रका बारेमा जनताले प्रश्न गर्ने बानी नबसेका कारण उम्मेदवार हुने व्यक्तिले भएभरका लिष्ट बनाएर भोट माग्ने गरेका छन् । यसबाट के प्रष्ट हुन्छ जे भनेपनि हुन्छ भन्ने प्रबृत्ति बढ्दै गएको छ । तसर्थ हरेक उपभोक्ता सचेत हुन जरुरी छ ।