सम्पादकीय
गुलावको सहर भनेर प्रचार गर्ने । बत्तिको झिलिमिली देखाउने तर बजारबाट संकलन भएको दुई चार ट्राली फोहर व्यबस्थापन गर्ने टीकापुर नगरपालिकाले नगरबासीलाई धोका दिइरहेको छ । नगरपालिकाले संकलन हुने फोहर व्यबस्थापनमा स्थानीय सबैको सहयोग लिएर फोहर व्यबस्थापन गर्नुको साटो अस्पतालको पछाडी जमरा बेल्टमा गाड्ने गरेको छ । नदी त्यसै पनि सफा राख्नुपर्छ । बाढी आएपछि गाडिएको फोहर बाहिर आउने हो । फोहर व्यबस्थापनमा जनप्रतिनीधिले चासो दिएको पाइदैन । जनप्रतिनीधिले एक्लै समाधान गर्नुपर्छ भनेर कसैले भनेको छैन । अधिकार जनप्रतिनीधिसंग छ । अधिकार प्राप्त व्यक्तिले पहल गरेन भने हुँदैन । जनताले निर्बाचित गराएर पठाएका जनप्रतिनीधिले नै गर्ने हो । अरुले गरेर हुनेभए हुनेथियो । जनप्रतिनीधिले गर्ने काम हो भन्ने सबैलाई थाहा छ तर जनप्रतिनीधिले थाहा नपाए जस्तो गरिरहेका छन् । नगरपालिकाको फोहर व्यबस्थापनलाई कतिञ्जेलसम्म छलछाम गरेर टार्ने हो । आफ्नो कार्यकालभरी यसरी छलछाम गर्ने अनी जनतामा भ्रम छर्न नहुने काम देखाउनु गलत हो । नगरपालिकाले गुलाव सहरका नाममा होस् बत्तिका नाममा अनावश्यक पैसा खर्च गरिरहेको छ । बत्ति आवश्यक छ तर यति धेरै पनि होइन । बत्तिको बिल तिर्नुपर्ने भएपछि थाहा हुने हो । प्राधिकरणले ५ करोड रुपैयाँ बत्तिको बिल छ भनेर भनिरहेको बेला जथाभावी बत्ति बाल्नु गलत हो । जनतालाई ठग्नु पाप हो । जनताले बिश्वास गरेर मत दिएका छन् । जनताको मतलाई कुठाराघात गर्ने काम भइरहेको छ । बर्तमान जनप्रतिनीधिको कार्यकालमा बजार क्षेत्रका बी,सी, डी हुन् या अन्य ब्लकमा देखिने गरी काम भएको अवस्था छैन । अलिकति पानी पर्ने हो भने बि ब्लकका जनता घरबाट जुत्ता लगाएर निस्कन सक्ने अवस्था छैन । तसर्थ जनप्रतिनीधिले जनताको आवश्यक्ता पहिचान गर्न जरुरी छ । जथाभावी बजेट खर्च गर्ने प्रबृत्ति अन्त गर्न जरुरी छ । मेरो अधिकार हो जहाँ पनि खर्च गर्छु भनेर भष्मासुर तरिकाले हिँड्दै जाने हो भने टीकापुरको भबिष्य अन्धकार हुन्छ । नगरपालिकाले प्रदेश र संघका माननीयसंग छलफल गरेको पाइदैन । प्रदेश र संघका केही माननीयले ल्याएको बजेटलाई देखाएर ठग्ने काम भइरहेको छ । नगरपालिकाको ठोस योजना भनेर नगरपालिकाले भन्न सक्ने अवस्था छैन । तसर्थ टीकापुरका जनता सचेत हुन जरुरी छ । फोहर व्यबस्थापनका सावलमा सबै गम्भिर हुन जरुरी छ । फोहर व्यबस्थापनमा राजनीतिक दल, सामाजिक अगुवा र नागरिकले जनप्रतिनीधिलाई सहयोग गर्न जरुरी छ । जनप्रतिनीधिलाई अपठ्यारो पार्नु भन्दा सहयोग गरेर आफ्नो ठाउँको विकास आफै गर्ने हो । टीकापुरबासी एक भएर लाग्न जरुरी छ ।