सम्पादकीय
जेनजी २ भनेर एउटा समूह सोमवार शिक्षा मन्त्री महाबिर पुन कहाँ गएको थियो । ती युवाहरुलाई मन्त्री पुनले खरो जवाफ फर्काएका छन् । सिटीभिटीमा सुधारको कुरा लिएर गएका युवाहरुलाई मन्त्रीले यत्रो मात्र पुरा गर्ने भए आफै निर्बाचन लड्ने आफै गर्ने भनेर जवाफ फर्काए । उनको भनाई हो सुधारको आवश्यक छ तर बर्तमान सरकारको समय कम छ राम्रो गर्नु छ भने युवाहरु निर्बाचित भएर आउनु प¥यो । निर्बाचित हुनका लागि गाउँ गाउँ जानुप¥यो भन्ने प्रष्ट सन्देश थियो मन्त्री पुनको । बर्षाै देखि गाँजिएको समस्या सबै एकैछिनमा हल हुन सक्दैन तर जति बस्छु त्यतिञ्जेल राम्रो काम गरेर जान्छु भन्ने प्रष्ट बिचार मन्त्री पुनले राख्दै आएका छन् । पछिल्लो समय जेनजीको समूह बनाउँदै सरकारले दबाब दिने गरेका छन् । जेनजीका नाममा भइरहेको भद्रगोलले अन्योल खडा गरिरहेको छ भने व्यक्तिपिच्छे माग राख्न थालिएको छ । मुलुकको हितका लागि काम गर्ने हो भने प्रणाली सुधारको कुरा हुनुपर्छ भन्ने हो । प्रणाली सुधारको केही कुरा नहुने अनी व्यक्तिपच्छिेका माग कसरी समाधान गर्न सकिन्छ ? यहाँ त काम नगर्ने गरेपनि उल्टो गर्ने अनी जनतालाई भने सबै ठिक गर्छु भन्ने प्रचलन छ । जेनजीले भ्रष्टाचार बिरुद्ध र सुशासनको माग गर्दै दबाब मुलुक कार्यक्रम गरेका हुन् । निहत्था बिद्यार्थीको भिडमा धेरै खेल भयो । बिद्यार्थी अघि लगाएर भएको आन्दोलनमा घुसपैठ भएको प्रष्ट छ । जेनजी आगजनीमा संलग्न थिएनन् तर पनि खर्बाैको सम्पत्ति खरानी भएको छ । ७८ जनाको ज्यान गयो । कैयन अंगभग भएका छन् । मरेका त सहिद भए बाचेकाहरु जो अंगभंग भएर जीवनभर अर्काको सहारामा बाच्नुपर्ने छ उनीहरुको अवस्था कस्तो होला त्यो उसको परिवारलाई थाहा होला ? केही दिन भावनामा बगेर देशका लागि भनेपनि बिगतका आन्दोलनमा मरेका र बाचेर अंगभंग भएकाहरुको पीडा अहिले पनि देख्न सकिन्छ । परिवर्तनका लागि युवाहरुले ज्यानको बाजी लगाएपनि मुलुक बलियो भयो भने न राज्यबाट सुबिधा र राहत पाउने हुन् । राज्य आफै संकटमा भएपछि कसले के पाउने हो ? यतिखेर राज्य पुरै तरल अवस्थामा छ तर जेनजीको नाममा भइरहेको समूह बिषेशका मागले सबैलाई झस्काएको हुनुपर्छ । जेनजी भन्दै समूह बनाउँदै पुराना राजनीतिक दलका नेताहरुको हुर्मत लिने काम भइरहेको छ । २०४६ को परिवर्तन पछि नेताहरुले जनताको भावना अनुसार काम गर्न सकेनन् भन्नेमा सबैको एकमत छ । काम गर्न नसक्नेहरुलाई बिदाई गर्ने पनि नियम छ । नियम अनुसार पार्टी प्रजातन्त्र बलियो बनाउने काम भइरहेको थियो । जेनजीको नाममा भएको आन्दोलनले उव्जीएका शंका ढिलो चाडो अवश्य पर्दाफास हुने छन् । माओवादीका नेताहरु भारतमा बसेर भारतका बिरुद्ध आवाज उठाए जस्तो गरे तर सबै सहयोग भारतको रहेछ भनेर पछि छताछुल्ल भएको कुरा बिर्सन हुँदैन ।तसर्थ जेनजीका नाममा मनपरी गर्ने सोच पालकोहरुबाट सरकार बच्नुपर्छ। जेनजीले उठाएका मुद्धामा सिंगो देश एकमत छ तर अब केवल सबैमा इमान्दारिता को खाँचो छ ।