झोलुङ्गे पुलले राहत दिने

सम्पादकीय
टीकापुर र बर्दिया जोड्न दौलतपुरमा पक्की पुल आवश्यक छ । यो पुल बन्नका लागि माटो परिक्षण समेत भएको हो । माटो परिक्षणपछि पुल निर्माण हुने बेला हुलाकी सडकमा भयो भनेर स्थानीयले गुनासो गर्दै आएको बर्षाै हुन थाल्यो । हुलाकी सडकमा पुल निर्माण भएपछि बर्दिया र कैलाली जोड्न सहज मात्र भएन पुर्ब पश्चिम जोड्न सहज भएको छ । पछिल्लो पटक सनकट्टीमा पुल निर्माण हुन थालेपछि पार्क क्षेत्रका नागरिक निरास थिए । हाम्रो ठाउँमा भएन भनेर असन्तुष्टि प्रकट गर्ने गरेका छन् । पार्क नजिक पक्की पुल निर्माण भएको भए आर्थिक गतिबिधी बढ्ने उनीहरुमा बिश्वास थियो । आर्थिक चहल पहलका लागि दौलतपुरमा पुल आवश्यक छ भन्ने सबैले महशुस गरेका छन् तर पुल बन्दैन । पछिल्लो समय पक्की पुल नभएपनि झोलङ्गे पुल भएपनि हुन्छ भनेर मसिनो स्वरमा आवाज उठन थालेको छ । पुलभएपछि पैदल हिड्न त बन्ला भन्ने सोच पलाएको पाइन्छ । यसरी दौलपुरमा झोलुङ्गे पुल बन्ने भएपछि केही राहत हुने भएको छ । स्थानीयमा खुसी छाएको छ । नहुँनु भन्दा केही भएपनि के हुन्छ भनेर खुसी व्यक्त गर्ने गरेका छन् । यो पुल निर्माणमा कैलाली क्षेत्र नम्बर १ का सासंद इश्वरी न्यौपानेले देखाएको सकृयतालाई स्थानीयले प्रसंशा गरिरहेका छन् । सहरी विकास मन्त्रालय मार्फत पुलका लागि बजेट हाल्न सांसद न्यौपानेले देखाएको सकृयता सबैले बुझेका छन् । बर्षाै देखिको स्थानीयको माग केही हदसम्म सम्बोधन भएको महसुश आम बासिन्दाले गरेका छन् । उता बेलुवा घाटमा सास्ति बेहोर्दै आएका जनताले पनि ठूलो राहत महशुस गरेका छन् । स्थानीयले बजेट आएकोमा खुसी मनाइरहेका छन् तर उत्तिकै शंका पनि गरिरहेका छन् । बजेट त आयो बन्ने होकी होइन , जे पनि हुन्छ नेपालमा भनेर गुनासो गर्ने गरेका छन् । बिश्वास घट्दै जाँदा बजेट सुनिश्तिता भएपनि जनताले शंका गर्न थालेका छन् । जे होस यी दुई पुलमा बजेट सुनिश्चितता भएपछि स्थानीयमा खुसी छाएको छ । बजेट कार्यान्वयनमा सबैको ध्यान जान जरुरी छ ।