टीकापुर, १५ साउन/ट्राफिक प्रहरीको पहिलो कर्तव्य सवारी दुर्घटना न्यूनिकरण गर्नु हो । जथाभावी सवारी साधन चलाएर हिँड्ने बानी परेकाहरुलाई रोक्नु पनि ट्राफिक प्रहरीको काम हो । तर टीकापुरका ट्राफिक प्रहरी गौडा कुरेर बसेका हुन्छन् । उनीहरुको गौडा कुराई सडक सुरक्षा नभई रकम मोह भएको नागरिकले भन्ने गरेका छन् ।
साउन ७ गते पशुहाटबजार नजिक ट्राफिक प्रहरीले नविकरण नभएको से।२।प। ३०१९ नंं। को साईन मोटर साइकल समात्यो । जोशिपुर ३ का अनिष चौधरीको मोटरसाइकल नविकरण नभएको भन्दै प्रहरीले पक्राउ गरे पनि ५ हजार रुपैया दिए छाडिदिन्छौँ भने । चौधरीले ५ हजार छैन तीन हजार दिन्छु भने । त्यसपछि प्रहरीले भोलि आउन भने ।
प्रहरीले मोटरसाइकल समाते पछि चौधरीले मोटरसाइकलमा भएको ५ लिटर पेट्रोल ट्याङ्की बाट खाली गरेर लगे । उसो त उनले ब्याट्री पनि निकाल्न खोजेका थिए तर प्रहरीले दिएन । यसो गर्नुको कारण एउटै थियो मोटरसाइकल थोत्रो थियो ।

‘‘प्रहरीले ५ हजार मागे मोटरसाइकल नै नलिने मनसायमा पुगँे र भएको ट्याङकी खाली गरे, ब्याटूी निकाल्न खोज्दा प्रहरीले दिएनन्’’, मोटरसाइकल धनी चौधरीले भने, ‘‘घास बोक्न र गाउँमा केही काम लाग्ला भनेर तीन हजार दिन तयार भए तर प्रहरीले ५ हजार दिनै प¥यो भन्ने अडान राखे ।’’
प्रहरीले मोटरसाइकल राखेपछि चुपचाप बसेका चौधरीलाई १० गते बिहिवार ९८६६८०६२३९ नम्बरबाट दिपेन्द्र कुँवर नामका प्रहरीले फोन गरेर बोलाए । ‘‘९८६६८०६२३९ नम्बरबाट फोन आयो मिलाइदिन्छौँ आउनुहोस् भन्ने खवर आयो’’, चौधरीले भने, आइतवार पूर्व वडाध्यक्ष किशोरकुमार कठरियालाई लगेपछि प्रहरीले नेताहरु ल्याएर अउनु हुन्छ, भोलि एक्लै आउनु भने ।’’
‘‘म तीन हजार रुपैया दिन्छु ५ हजार दिदैन भनेपछि ट्राफिक प्रहरी प्रमुख टेकबहादर चन्दले सबैलाई भाग लगाउनुपर्छ भन्दै मोटर साइकल दिने मानेनन्’’, चौधरीले भने ।
उता ९८६६८०६२३९ नम्बरबाट फोन गर्ने प्रहरी दिपेन्द्र कुँवरले ट्राफिक इन्चार्ज चन्दले फोन गर्न लगाएको बताए । चन्दलाई ५ हजार रुपैया दिए काम हुने अनी तीन हजार दिए नहुने कस्तो नियम हो भनेर प्रश्न गर्दा आलटाल गरे । चन्द इन्चार्ज भएर आएपछि पछिल्लो समय अत्यधिक असुलीमा लागेको स्थानीयको भनाइ छ ।
मोटरसाइकलका बारेमा कुरा गर्दा सुदूरपश्चिम ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजिप बस्नेतले भर्खर थाहा पाए के भएको हो बुझ्छु भने ।
यसरी ट्राफिक प्रहरीले ट्याक्टर र नविकरण नभएका सवारी साधनबाट मासिक रकम असुल्ने गरेका छन् । सामग्री बोक्ने ट्याक्टर होस् या टिपरसँग मासिक रकम लिने गरेको बुझिएको छ ।