टीकापुर साहित्य महोत्सव सम्पन्न,महोत्सवको अन्तिम दिनमा विभिन्न ८ ओटा सत्रमा छलफल

टीकापुर, २८ चैत/टीकापुर साहित्य महोत्सव सम्पन्न भएको छ । २५ गतेदेखि शुरु भएको टीकापुर साहित्य महोत्सवमा कला, साहित्य, शिक्षा, विकास, समाज, राजनीति लगायत का विषयमा छलफल भएका छन् । हिजोसम्म सञ्चालन भएको महोत्सवमा देशका विभिन्न स्थानबाट टीकापुर आएका कला, साहित्य, शिक्षा, विकास, समाज र राजनीति क्षेत्रका व्यक्तित्वहरुले छलफलमा भाग लिएका छन् ।
महोत्सवको अन्तिम दिन सोमबार ८ ओटा सत्रमा विभिन्न विषयमा छलफलका भएका छन् ।
नेपाली साहित्यमा सुदुरपश्चिम कहाँ छ रु भन्ने विषयको छलफलमा भाग लिदै सुदुरपश्चिम प्रदेश प्रज्ञा प्रतिष्ठानका उपकुलपति डाक्टर टीएन जोशीले कला साहित्य भनेको सम्पति भएका कारण अव यस विषयमा सबै तहका सरकारले संरक्षणमा जोड दिन सुझाव दिनुभयो ।


उहाँले साहित्य क्षेत्रमा काम गर्ने संघसंस्था वा व्यक्तिले एक अर्काको अस्तित्व स्वीकार नगर्दा सुदुरपश्चिम कला साहित्यका क्षेत्रमा समस्या देखिएको बताउँदै त्यो समस्या समाधानका लागि प्रतिष्ठानले कामको शुरुवात गरिसकेको बताउनु भयो । उक्त सत्रमा साहित्यकार जनक रसिक र विवेक ओझाले पनि भाग लिनु भएको थियो ।
सुदुरपश्चिम विकासमा किन सँधै पछाडी भन्ने विषयको छलफलमा भाग लिदै योजना आयोगका पूर्व सदस्य डाक्टर जनकराज शाहले सुदुरपश्चिममा राज्यको लगानी कम र बैंक तथा वित्तिय संस्थाले पनि यहाँको पैसा संकलन गरेर केन्द्रमा पठाउने गरेका कारण विकास नभएको बताउनु भयो ।
उहाँले अव यहाँको विकासको लागि सकारात्मक असन्तुलित विकासको अवधारण ल्याउनु पर्ने र यहाँको पूजिलाई यतै खर्च गरिनुपर्ने बताउनुभयो ।
पूर्व सचिव अनुप उपाध्यायले समयमा काम गर्न नसक्नु, नेतृत्व गर्नेले तत्परता नदेखाउनाले पनि विकासमा पछाडी परिने भएकाले त्यस विषयमा सोच्नु पर्ने बताउनु भयो ।
डाक्टर कृष्ण सर्वहारीले कुन सवल रु थारु लेखक कि थारु पात्र रु विषयमा आफ्नो धारण राख्दै थारु पात्रमा समस्या देखिएको बताउनु भयो ।
उहाँले थारुहरुका नाम अनुसार आख्यानमा पनि साहित्यकारहरुले त्यहि नाम राख्ने गरेकाले अव थारु समुदाय आफ्ना छोरा छोरीको नामाकरणमा पनि परिष्कृत हुन जरुरी रहेको बताउनु भयो ।
अर्का साहित्यकार वालिका चौधरीले आख्यानमा थारु लेखकहरुको एकता कम नभएको, संस्कार र संकृतिसंग पात्रहरु नजोडिएकाले देखिएका केहि कमजोरी भएका र अव त्यसलाई सुधार गरेर गए राम्रो हुने सुझाव दिनुभयो ।
सोमबार नै म र मेरो शिक्षा, बदलिँदो स्थानीय समाज ः सहज कि असहज, स्थानीय विकासमा समुदाय परिचालन, नेपाली नाटक मञ्चन ः विगतमा वर्तमान, सवाल स्थानीय सरकारः विकास को मूल आधार लगाएतका विषय मा पनि छलफल भएका छन् ।