देशको वास्तविक अवस्था र राजनीति

सम्पादकीय
गणतन्त्रमा जनतालाई जसरी तसरी चुप लगाएर शासन गर्ने सोच बलियो बनाउँदै जाँदा देशले जेनजीको आन्दोलन बेहार्नु प¥यो । जेनजीको आन्दोलनले यस्तो अवस्थामा पु¥यउला भनेर नेताहरुले सोचेका थिएन । सत्तामा बसेपछि शक्ति छ ,जनता चुप लगाउँन प्रहरी प्रशासन छ भनेर ढुक्क भएका नेताहरु सत्ताबाट भाग्नु परेपछि होसमा आएका छन् । सबै कुरा सत्ता हो भन्ने सोच पालेका नेताहरुले सुधारको कुरा कहिलै गरेनन् । कुनै समूहले बिरोध ग¥यो भने टालटूले नीति बनाएर एकछिन समस्याको समाधान गरेझै गर्दै जाँदा हरेक क्षेत्रमा समस्या बढ्दै गए । कांग्रेस र एमालेसंग मात्र होइन माओवादी लगायत मधेशवादी र साना जातीवादी दलप्रति पनि जनताको तिब्र असन्तुष्टि छ । कांग्रेस र एमालेसंग जनताको एउटा खालको आक्रोस थियो भने माओवादी र अन्य दलसंग अर्काे खालको असन्तुष्टि हो । कांग्रेस र एमालेका नेताहरुले प्रजातन्त्र ल्याउनका बलिदानी दिएको कुरा त सत्य हो नी । हिजोका कठिन अवस्थामा न माओवादीको भूमिका छ न यतिखेर जात र भेगका नाममा जन्मेका पार्टीको भूमिका छ । हिजो कठिन अवस्थामा काम गरेका नेताहरुले राम्रो गरेनन् भन्ने आम नेपालीको बुझाई हो तर माओवादी लगायत मधेशवादी र अन्य जातका नाममा जन्मेका पार्टीले जनतालाई भ्रममा पालेर पार्टी निर्माण मात्र गरेनन् सत्तामा गएपछि स्वार्थको आहलमा चुर्लुम्म डुबे भन्ने बुझाई हो । मधेशवादी र माओवादीको रबैया आम नागरिकले प्रष्ट रुपमा बुझेका छन् । मधेशवादी र माओवादीले सत्ताका लागि गरेको मरिहत्ते र अहिले भएको जेनजी आन्दोलनका बारेमा आम बुद्धिजीविले चर्चा गरिरहेका छन् । माओवादी सत्ता भन्दा बाहिर बस्न मान्दैन । जनताले ३२ सिट दिएका थिए तर उसलाई प्रधानमन्त्री चाहिने । कांग्रेस र एमालेका बीचमा खेलेर मधेशवादी र माओवादीले अस्थिरता निम्ताएको कुरा बिर्सनु हुँदैन । माओवादी र मधेशवादी दललाई एकपटक धेरै मत दिएर जनताले पठाए । पछिल्लो समय माओवादी एक्लै निर्बाचनमा लड्न सक्ने अवस्था छैन । अब हुने निर्बाचनमा माओवादीको अवस्था थप प्रष्ट हुन्छ । माओवादी सहित ११ दल मिलेर नेपाली कम्युनिष्ट पार्टी निर्माण गरेका छन् । शक्ति सञ्चय गर्न थालेका छन् तर यही आधारमा निर्बाचन भयो भने धेरै फरक पर्नेवाल छैन । फेरी पनि नेपाली जनताले मिलिजुली सरकार बेहोर्ने छन् ।मिलिजुली सरकार भनेको मिलिजुली       खाने । यस्तो अवस्था भयो भने नेपाली जनताले के गर्ने भन्ने प्रश्न उव्जीएको छ । राजनीतिक दलले इमान्दारिता देखाएको भए जेनजी आन्दोलनका बारेमा समर्थक भेटिने थिएनन् । नयाँ अवस्था सृजना भएको छ । राजनीतिक दलहरुले आफुलाई सुधार्न जरुरी छ । आफुलाई सुधार्न नसक्ने दलहरु इतिहासमा मात्र देखिने निश्चित हो ।