नयाँ पार्टीमा समस्या

सम्पादकीय

नयाँमा पार्टीमा निष्ठा त्याग बोकेर युवाहरु देशको विकासमा जुटेकाछन् जस्तो देखिन्छ । तर व्यबहारमा त्यस्तो देखिएन । अघिल्लो निर्बाचनमा जन्मेको राष्ट्रिय स्वतन्त्र पार्टीमा फागुन २१ मा हुन लागेको निर्बाचनमा उमेदवार हुने क्रममा देखिएका झगडाले सबै नेपाली हुन् चरित्र फरक कसरी हुन सक्छ भन्ने कुराको प्रमाणित गरेको छ । पुराना पार्टीमा त लोभि पापी धेरै भए त्यसैले पदका लागि झगडा गर्छन् भन्ने थियो तर राष्ट्रिय स्वतन्त्र पार्टीमा उमेदवार हुने क्रममा देखिएका दृष्यले नयाँ सोच होइन नयाँ अवसरको खोजिको भगडा हो भनेर प्रष्ट बुझ्न सकिन्छ । पुराना दललाई सिकाउन खोज्छन् तर आफु सिक्न तयार छैनन् । पुराना पार्टीमा लाखौ कार्यकर्ताले बर्षाै देखि लगानी गरेका छन् यस्तोमा नेतृत्व र अवसरका लागि हानथाप हुनु स्वभाबिकै हो तर भर्खर जन्मेको पार्टीमा मेरो लगानी बढी छ भनेर झगडा भएको पाइन्छ । ५ बर्ष नपुगेको पार्टीमा कसको लगानी बढी छ भनेर हिसाव किताब हुन्छ भने बर्षाै देखि लागेकाहरुको भिडमा झगडा हुनु स्वभाविकै हो । यस पटक राष्ट्रिय स्वतन्त्र पार्टीमा टिकटका लागि देखिएको स्वार्थीपनालाई नियाल्ने हो भने केवल सत्ताका लागि हुन् भनेर प्रष्ट बुझ्न सकिन्छ । ५ बर्षमै कतिपयको त दुई बर्ष पनि लगानी छैन तै पनि म अव्वल छु भनेर टिकटका लागि हानथाप गरेको पाइन्छ । यस्तो समूहले देसलाई सही निकास दिन्छ भनेर कसरी पत्याउने ? यतिखेर जनता भावनामा बगेका छन् । जनताले मत दिने बिषयलाई ठूला पार्टीले सम्मान गर्नुपर्छ । ठूला र पुराना पार्टीले सत्तामा भएका बेला जनताको भावना बुझ्न नसक्दा बढेको आक्रोसलाई नयाँले क्यास गरेका छन् यस्तो अवस्थामा पुराना पार्टीले धैर्य गर्नुको विकल्प छैन तर टिकट बाड्ने बेलाको झगडा हेर्ने हो भने नयाँ पार्टीले देशलाई धेरै दिन नेतृत्व दिन सक्दैनन् । देशलाई निकास दिन धैर्यता चाहिन्छ तर नयाँमा भएका हरेक युवा आफु मात्र अव्वल छु भन्ने भ्रम छ । म डाक्टर, म इञ्जिनीयर , म यो बिज्ञ भन्दै हरेक युवा आफु मात्र सक्षम भन्दै जमा भएको भिडले देशलाई निकास दिन सक्दैन । यो भिडले एक अर्र्काको अस्तित्व स्विकार्न सक्ने अवस्था छैन किन भने हरेक युवाले म उ भन्दा के कम छु भनेर मनमा घमण्ड पालेर बस्छ भने त्यो पार्टी धेरै दिन चल्न सक्दैन । कांग्रेस र एमालेका हजारौं कार्यकर्ताले केही अवसर नपाएपनि कोही वीपी बिचार र कोही पुष्पलाल र मदन भण्डारी भन्दै चुपचाप पार्टीको आज्ञाकारी भएका बसेका छन् । पुराना पार्टीमा बिचारले बसेका युवाहरु पनि छन् भने नयाँ पार्टीमा आफु अव्वल छु भन्ने दम्भले पुराना लाई देखाउछु भनेर लागेका छन् । पुरानालाई देखाउछु भन्नेहरुले पुरानाको त्याग र तपस्याका बारेमा बिश्लेषण गरेको पाइदैन । तसर्थ नेपाली जनताले दिने मतको सम्मान गर्नु पर्छ । नयाँले धेरै दिन जनताको मन जित्न सक्ने अवस्था छैन ।