नारायणपुर खानेपानीको तेस्रो साधारण सभा सम्पन्न

गणेश क्षेत्री
टीकापुर, २८ फागुन/नारायणपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको तेस्रो साधारण सभा टीकापुर नगरपालिका वडान ६ मा सप्पन्न भएको छ ।
संस्थाका अध्यक्ष सुरत कुँवर को सभापतित्वमा भएको कार्यक्रम मा टीकापुर नगरपालिका का मेयर रामलाल डगौरा प्रमुख अतिथि रहनुभएको थियो । विशिष्ट अतिथिमा टीकापुर खानेपानीका अध्यक्ष नरेश कुमार खत्री , साबिक धनसिहपुर गाबिसका अध्यक्ष जङ्ग बहादुर साउद र साबिक नारायणपुर गाबिस का अध्यक्ष फकिर सिह कडायत रहनुभएको थियो ।
कार्यक्रममा संस्थापक अध्यक्ष फकिर सिह कडायत लाई प्रसङ्सा पत्र र दोसल्ला ओढायर सम्मान गरिएको थियो ।
प्रमुख अतिथि डगौराले बिश्व स्वास्थ संगठनका अनुसार अधिकांस रोगहरु खानेपानीको कारणले हुने बताएकोले पनि स्वच्छ खानेपानीमा सबैको पहुँच हुनुपर्ने बताउनुभयो ।
प्रमुख अतिथि डगौराले १ हजार ३ सय घरधुरी भएपनि ३ सय को हाराहारीमा मात्रै उपभोक्ताले खानेपानीको उपयोग गर्नु आर्थिक अभाव को कारण ले हो भने थप १ हजार घरधुरीको शुल्क नगरपालिका ले ब्योहोर्ने बताउनुभयो ।
विशिष्ट अतिथि नरेश कुमार खत्रीले खानेपानीको उपभोक्ता बढाउन जनचेतनामूलक कार्यक्रम गर्नुपर्ने र स्वच्छ खानेपानीमा सबैको पहुँच हुनुपर्ने बताउनु भयो ।


अर्का विशिष्ट अतिथि फकिर सिह कडायतले मान्छे एक छाक भात नखाएर बस्न सकिने तर पानी बिना जिवनको कल्पना पनि गर्न नसकिने बताउनुभयो । स्वच्छ खानेपानी पिउनु भनेको रोग लाग्न नदिनु पनि भएको र खानेपानी हिजोको आजको र भोलिको पनि आवश्यकता भएको बताउनुभयो ।
अर्का विशिष्ट अतिथि जङ्ग बहादुर साउँदले खानेपानीमा उपभोक्ताको संख्या नबढ्नुमा जनचेतनाको कमि भएको बताउनुभयो । खानेपानी जस्तो संबेदनशिल
ठाउँमा पनि राजनीति हुनु दुर्भाग्यको कुरा भएको आफुले देखेको र स्वच्छ खानेपानीमा सबैको पहुँच पु¥याउनको लागि सबै एकजुट भएर अधि बढ्नु पर्ने बताउनुभयो ।
संस्थाका सदस्य मोहन बहादुर रावलको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा उपभोक्ताको तर्फबाट नरेश्वर धमाला,प्रसेनि ग्रामीण बिद्युत सहकारीका सिपि खनाल , कालिका बोर्डिङ स्कुलका अध्यक्ष नृप कडायत,पुर्ब अध्यक्ष चिरञ्जीवी खनाल , बिपि निकुञ्ज सामुदायिक बनका अध्यक्ष शम्भु कडायत, प्रसेनि ग्रामीण बिद्युतका उपाध्यक्ष ज्ञानेन्द्र बहादुर नायक लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।
संस्थाका अध्यक्षले बार्षिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । संस्थाका कोषाध्यक्ष गणेश थापाले ३ लाख ५४ हजार बराबरको आयब्यय प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रमको संचालन सल्लाहकार कपुर सिह कडायतले गर्नुभएको थियो ।