निर्माण रोकिएको शीत भण्डार शुचारु गर्न प्रयास,शीत भण्डारको लागत अनुमान बदलिदै

टीकापुर, २९ जेठ/निर्माणाधीन शीत भण्डारको काम रोकिएको छ । दाताले शित भण्डारको जग निर्माण विश्वस्त हुन नसकेपछि २०८० साल माघ २३ गतेबाट शीत भण्डार निर्माण कार्य रोकिए को हो । निर्माण रोकिएको शीत भण्डारलाई पुनः सुचारु गर्न आयोजनाले छलफल चलाएको छ । डिजाइन समिक्षा, इन्जिनियरहरुद्धारा पुन लागत अनुमान, विश्व बैँकको टिमसित छलफल गरिएको छ ।
जेठ २४ गते निर्माण व्यवसायी र आयोजना बीच निर्माण कार्य सुचारु गर्न समयको भिन्नता र विस्तार गर्ने निर्णय भएको छ ।
१ हजार मेट्रिक टन क्षमताको शीत भण्डार निर्माणका लागि ए।एम।किनारा जे।बी, धनगढीसँग २०८० असोज २९ गते सम्झौता भएको थियो । शीत भण्डारको निर्माण अवघि २०८१ पौष महिनासम्म छ । रु। ७ करोड ०६ लाख ६९ हजार ६९० मा निर्माण गर्ने सम्झौता भएको छ ।
शीत भण्डारमा ८० प्रतिशत अर्थात रु। ५ करोड, ८५ लाख, ३५ हजार ७५२ आयोजना र २० प्रतिशत अर्थात् रु। १ करोड, ४१ लाख ३३ हजार ९३८ उपभोक्ता को लगानी रहनेछ । अहिलेसम्म ९३ लाख २५ हजार खर्च भएको छ ।
कोल्ड स्टोर बनेपछि यहाँका किसानलाई विशेष गरी आलु र फलफुल भण्डारमा सहयोग मिल्ने अपेक्षा गरिएको छ । कृषि कार्यक्रम कार्यान्वयन एकाइका प्रमुख भरत कँडेल कैलाली जिल्लामा ५ हजार २ सय २१ हेक्टर क्षेत्रफलमा आलु खेती हुने गरेको, जसमा ८५ हजार ६ सय ७७ मेट्रिक टन आलु उत्पादन हुने गरेको बताउनुहुन्छ । कँडेलका अनुसार आयोजनाको कार्यक्षेत्र जानकी, टीकापुर र लम्की चुहामा १ हजार ५ सय ४५ हेक्टरमा आलु खेती हुने गरेकामा ३४ हजार ६७ मेट्रिक टन आलु उत्पादन हुने गरेको छ ।
आयोजनाले चालु आर्थिक वर्ष २०८०/८१ मा आलु तरकारी विजवृद्धि कार्यक्रमका लागि १० लाख र आलु विकास ९क्षेत्र विस्तार तथा भण्डारण समेत० मा ४० लाख खर्च गरेको छ । आयोजनाले आगामी वर्ष २०८१/८२ मा आलु विजवृद्धि सहयोग कार्यक्रमका लागि १० लाख, आलु क्षेत्र विस्तार सहयोग कार्यक्रमका लागि १ करोड २० लाख बजेट प्रस्ताव गरेको कँडेलले बताउनुभयो ।
उपभोक्ताले लगानी गर्ने २० प्रतिशत रकम १ करोड, ४१ लाख ३३ हजार ९३८ मध्य उपभोक्ताले ७४ लाख रुपैया संकलन गरेका छन् भने बाँकी टीकापुर नगरपालिकाले दिने सहमति भएको छ । अघिल्लो कार्यकालका जनप्रतिनीधिकै पालामा सहमति भएपनि यो आर्थिक बर्षमा भुक्तानी दिने तयारी भएको छ ।

आयोजनाले चालु आर्थिक वर्ष २०८०/८१ मा आलु तरकारी विजवृद्धि कार्यक्रमका लागि १० लाख र आलु विकास (क्षेत्र विस्तार तथा भण्डारण समेत)मा ४० लाख खर्च गरेको छ । आयोजनाले आगामी वर्ष २०८१/८२ मा आलु विजवृद्धि सहयोग कार्यक्रमका लागि १० लाख, आलु क्षेत्र विस्तार सहयोग कार्यक्रमका लागि १ करोड २० लाख बजेट प्रस्ताव गरेको कँडेलले बताउनुभयो ।
समयमै शीत भण्डार निर्माण भएमा यहाँका किसानलाई आलु भण्डारका लागि बर्दिया, पहलमानपुर, कोहलपुर लैजानुपर्ने समस्या समाधान हुने बताएका छन् । किसान सागर न्यौपानेले अन्य ठाउँका कोल्ड स्टोरमा भण्डारण सामान अपुग हुँदा सञ्चालनमा समस्या रहेकाले यहाँ दुई वटा ५÷५ सय क्षमताका च्याम्बर बनाउन माग गर्नुभयो ।
किसान बलिराम चौधरीले आलु उत्पादक किसानलाई अनुदान दिँदा अनिवार्य उत्पादनको निश्चितता तोक्न अनुरोध गर्नु भयो ।
‘‘शीत भण्डार निर्माणका लागि रकम संकलन गर्न ६ महिना भन्दा बढी दौडधुप ग¥यौ, फेरी शेयर रकम उठाउन गाहे छ ’’ रानी जमरा कुलरिया मूल कुला समितिका सचिब परशुराम महतौंले भन्नुभयो ,‘‘ कार्यबिधिमा संस्थापक र सारधारण शेयर सदस्यको व्यबस्था छ , शीत भण्डार निर्माण पछि सञ्चालनका लागि रकम उठाउनुपर्छ ।’’ उहाँले शीत भण्डार निर्माण प्रकृया थाल्दा किसानले आलू उत्पादन गर्ने प्रतिबद्धता गरेको पनि बताउनु भयो ।
किसान टेकबहादुर रावलले गाउँ गाउँमा स्थानीय पालिकाले आलु संकलन केन्द्र राखेर साना किसानका आलु समयमै खरिद गरेर यही भण्डारण गर्ने र साना किसान जोगाउने वातावरण बनाउनुपर्ने बताउनुभयो ।