नीति निर्माण र निर्णय प्रक्रियामा बालबालिकाको सहभागिता विषयक संवाद

टीकापुर, १४ माघ\टीकापुर ८ वनगाउमा नीति निर्माण र निर्णय प्रक्रीयामा बालबालिकाको सहभागिता विषयक संवाद कार्यक्रम भएको छ ।
वल्र्ड भिजन इन्टरनेश्नल नेपाल को आर्थिक सहयोगमा विकासका लागि युवा ऐक्यवद्धता यार्ड धनगढीले कार्यक्रम गरेको हो ।
कार्यक्रममा टीकापुर नगरपालिकाको सामाजिक विकास समितिका संयोजक लालबीर चौधरीले आउँदो वर्ष देखि कक्षा ९ देखि १२ सम्मको शिक्षा पूर्णतया निशुल्क हुने घोषणा गर्नुभएको छ । कक्षा ८ सम्म निशुल्क भएपनि त्योभन्दा माथिल्ला कक्षा मा पढने विद्यार्थीलाई  विद्यालयको विद्युत मसलन्द भन्दै ठूलो रकम अशुलिन थालेपछि नगरपालिकाले यस्तो नीति लिन लागेको हो ।
शिक्षा अधिकृत नरेश अवस्थीले नगरभित्र अपांगता भएका बाल बालिका समेत ८ पढेको हुनै पर्ने र आफै पढन नसक्नेलाई पालिकाले पढाउने बताउनु भयो ।
महिला बालबालिका शाखा प्रमुख संगिता शाहले आर्थिक अभावमा कक्षा १२ सम्म पढन नसक्ने बालबालिकालाई वडाले सिफारिस गरेर पोशाक स्टेशनरी दिने बताउनुभयो ।
अपांगता विज्ञ गणेश घर्तीमगरले  बालसहभागिता र अपांगता नीति कार्यान्वयन नभएको,परिचयपत्र सामाजिक सुरक्षाका लागि मात्रै बनाउने गरेको, कक्षा कोठा र शौचालय अपांग मैत्री हुन नसकेका बताउनुभयो ।
स्वास्थ शाखा प्रमुख बलबहादुर रावलले बालबालिकालाई खोप, सुरक्षित मातृत्वमा राम्रो काम भैंरहेको, ४३ जना बालबालिका कुपोषणको अति जोखिममा रहेका, नगरसभाले गर्भवती महिलालाई दिइने पोषण कोशेली कटौती  गरिदिएको गुनासो गर्नुभयो ।
विधायन समिति संयोजक प्रेमलाल चौधरीले नगरपालिकाका मा बालबालिका र अपांगता सम्वन्धी कानुन नभएको र अन्य कानुुन निर्माणमा बालसहभागिता नभएको बताउनुभयो ।
सहभागीहरूले विद्यालय व्यवस्थापन समिति, स्वास्थ्य संस्था व्यवस्थापन समितिमा आमन्त्रित रूपमा बालबालिका सहभागी गराउन प्रयास गर्नुपर्ने सुझाव दिनुभयो ।
वडा नम्बर ९ का वडाध्यक्ष लौटन चौधरीले विद्यालय शिक्षा निशुल्क बनाउन वडाले बजेट दिइरहेको बताउनुभयो ।
वडा नं.छ का वडाध्यक्ष बलीराम चौधरीले शिक्षामा सुधार भैरहे पनि अभिभावकको सक्रियता नभएको बताउनुभयो ।
वडा नं.७ का वडाध्यक्ष यज्ञप्रसाद न्यौपानेले शिक्षा क्षेत्रमा राज्यको लगानी ठूलो भएपनि परिणाम नदेखिएको बताउनुभयो ।
कार्यक्रममा सहभागी बालबालिका र अभिभावकले विद्यालयमा भर्ना शुल्क, सहयोग शुल्क, कोचिङ शुल्क अत्याधिक भएको, अभिभावक बाहिर हुने बालबालिका बिग्रिन थालेको, गैर सरकारी संस्थाले जस्तै पालिकाले कार्यक्रम गर्न नसकेको, विद्यालयले अभिभावक शिक्षा दिन नसकेको बताएका छन् ।
शिक्षक महासंघका नगर अध्यक्ष रघुनाथ उपाध्यायले विद्यालयमा पढाइ प्रति नकारात्मक बालबालिका लाई सिकाउन कठिन भैंरेहेको र समुदायमा अभिभावक शिक्षा पु¥याउनु पर्ने बताउनुभयो ।
कार्यक्रममा कार्यपालिका का सदस्य लवरी चौधरी, सेती मैयाँ माविका प्रधानाध्यापक पतिराम चौधरी लगायतले शिक्षा क्षेत्र, नीति निर्माण गर्दा बालबालिका लाई केन्द्रमा राखेर गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा बालबालिका र अभिभावकहरुले विभिन्न प्रश्न गर्नुभएको थियो भने कार्यक्रमको उद्देश्यीबारे यार्डका कार्यक्रम संयोजक पिताम्बर पौडेलले प्रकाश पर्नुभएको थियो भने कार्यक्रम सहजीकरण पत्रकार एकिन्द्र तिमिल्सिनाले गर्नु भएको थियो । सामुदायिक परिचालक रतनलाल चौधरीले स्वागत गर्नुभएको कार्यक्रममा थियो ।