टीकापुर १२, पौष/प्रगतीशिल लोकतान्त्रिक पार्टी सुदूरपश्च्मि प्रदेशको बैठक समानुपातीक उम्मेदार सिफारिस लगायत विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । धनगढीमा प्रदेश अध्यक्ष परिषदका अध्यक्ष दिपक साउँदको अध्यक्षतामा बसेको बैठक समानुपातीक उम्मेदार सिफारिस लगायत विभिन्न निर्णय गरेको छ ।
प्रदेश ईन्चार्ज हेमराज भट्टराईको प्रमुख आतीथ्यतामा र सह ईन्चार्ज हरि तिमिल्सेनाको विशिष्ट आतीथ्यतामा बसेको बैठकले समानुपातीक सदस्यका लागी १४ जनाको नाम सिफारिस गरेको हो । बैठकले महिलामा विमला सिंह, रंगीता चौधरी र कमला धामीको नाम सिफारिस गरेको छ ।

त्यसैगरी दलिततर्फ रामबहादुर देवकर, रतन टमट्टा र झंकर बहादुर कोलीको नाम सिफारिस गरेको छ । खस आर्यतर्फ टेकेन्द्र भट्ट, डम्बर रोकाया, रविन्द्र रोकाया, विरेन्द्र बहादुर साउँद र अम्मर सिँह विष्टलाई सिफारिस गरेको छ । थारुतर्फ दिनेश थारु र नरबहादुर चौधरी र पीछडीएको क्षेत्रबाट दिपक कुमार डी.सिलाई सिफरिस गरिएको छ । त्यसैगरी संठनात्मक रुपमा समेत बैठकले जिम्मेवारी ताकेको छ । कैलालीमा विमला सिहलाई इन्चार्ज तोकीएको छ भने लक्षीराम चौधरीलाई प्रमुखको जिम्मेवारी दिइएको छ । त्यसैगरी कञ्चनपुरमा राम कहादुर देवकरलाई ईन्चार्ज तोकीएको छ भने अम्मर विष्टलाई प्रमुखको जिम्म्ेवारी दिईएको छ । त्यसैगरी बाजुरामा दिपक डीसीलाई ईन्चार्जको जिम्मेवारी दिइृएको छ । अछाममा गोविन्द बहादुर साउँद इन्चार्ज र जीवन विक्रम साउँदलाई प्रमुखको जिम्मेवारी दिईएको छ । दार्चुलामा करन सिँह बडाललाई ईन्चार्ज तोकिएको छ भने बैतडीमा डाक्टर अच्यूत भट्टलाई ईन्चार्ज तोकिएको छ । त्यसैगरी डडेल्धुरा, डोटी रबझाङ प्रदेश कार्यालयले हेर्ने निर्णय गरिएको छ । त्यसैगरी प्रदेश कार्यालयको ब्यपस्थापनको जिम्मेवारी प्रदेश परिषदका अध्यक्ष धर्मसिँह प्रपालालाई दिईएको छ ।
बैठकले यही पुस २० गते धनगढीमा विशाल मोटर साईकल ¥याली सहित प्रदेश भेला गर्ने निर्णय समेत गरेको प्रदेश अध्यक्ष परिषदका अध्यक्ष दिपक साउँदले जानकारी दिनुभयो ।