टीकापुर, १६ पौष/यामाहा नेपालले अंग्रेजी नयाँ वर्षको उपलक्ष्यमा आफ्नो विशेष वित्तीय योजना ‘ड्रिम इट, वन इट’ सार्वजनिक गरेको छ । यस योजनाले ग्राहकहरुलाई केवल ७.९९% को न्यून ब्याजदरमा आफ्नो सपनाको यामाहा मोटरसाइकल वा स्कुटर किन्न उत्कृष्ट अवसर प्रदान गर्ने यामाहा शो रुम टीकापुरका प्रोपराइटर अनिल रावल ले जानकारी दिनुभयो ।
रावलले यो सीमित अवधिको योजना २०२४ डिसेम्बर २५ देखि लागु भएको बताउनुभयो । ‘ड्रिम इट, वन इट’ योजना सबै यामाहा मोटरसाइकल र स्कुटरहरुमा ९शर्तहरु सहित० उपलब्ध हुने पनि बताउनु भयो । ग्राहकहरुले कम्तिमा ४० % डाउन पेमेन्ट र लचिलो किस्ताबन्दी योजनाहरुको फाइदा लिई यामाहाका मोटरसाइकल, स्कुटर लिएर जान सक्ने बताउनुभयो । साथै यस योजनाले सरल कागजी प्रक्रिया र रुची अनुसारको ई।एम।आई। योजना रोज्ने सुविधा प्रदान गर्ने पनि रावल बताउनु भयो ।

उहाँले योजनासंगै यामाहा नेपालले ‘टेष्ट राईड एण्ड विन’ अभियान पनि ल्याएको र यस टेष्ट राइडमा सहभागी भएर निश्चित उपहारहरु पाउने र लक्की ड्र मार्फत आकर्षक उपहार पनि जित्ने अवसर पाउने बताउनु भयो ।
एमएडब्लु राइड्सका कार्यकारी निर्देशक एवं सीईयो श्री दीपक कुमार अग्रवालले यस योजनाको बारेमा खुसी व्यक्त गर्दै भन्नुभया,े ‘ड्रिम इट वन इट’ वित्तीय योजना मार्फत हामीले ग्राहकहरुका लागी यामाहा मोटरसाइकल र स्कुटरहरु अझ पहुँच योग्य बनाउने लक्ष्य राखेका बताउनुभयो । यामाहाको उत्कृट प्रदर्शन, भर्पर्दो गुणस्तर र १० वर्षे वारेन्टी सहितको प्रतिबद्धताले १५ वर्ष देखिको एफ।आई। नेर्ततवलाई सशक्त बनाउँदै ग्राहकहरुलाई अनुपम सवारी अनुभव प्रदान गर्ने प्रोत्साहित पनि बताउनुभयो ।
यामाहा नेपाल, एमएडब्लु इन्टरप्राइजेजको सहायक कम्पनी हो । नेपाल बी बजारमा उच्च– गुणस्तर, भरपर्दो र स्टाइलिश दुई– पांग्रे सवारी साधनहरु उपलब्ध गराउँदै आईरहेको छ । यामाहा विश्वभर मोटर साइकल उद्योगमा अग्रस्थानमा रहेको छ ।
हाल यामाहा १०० भन्दा बढी एफ।आई स्टेसनहरु भएको एक मात्र कम्पनी हो । यामाहा नेपालको दोस्रो अटोमोबाइल कम्पनी हो जसको १०० भन्दा बढी आधिकारी डिल आउटलेटहरु रहेका छन् ।